दफा ७२ः सम्झौता सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 359 views

यस ऐन बमोजिम राष्ट्र बैङ्कले आदेश दिएकोमा बाहेक गाभ्न वा गाभिन वा प्राप्ति गर्न सैद्धान्तिक सहमति पाएका बैङ्क वा वित्तीय संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा देहायका विषयहरू खुलाई सम्झौता गर्नु पर्नेछ ;

(क) निक्षेपकर्ता, साहु तथा सेयरधनीहरूको हित संरक्षण सम्बन्धी व्यवस्था,

(ख) बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन पद्धति र मिलान सम्बन्धी व्यवस्था,

(ग) लगानी तथा कारोबारको व्यवस्थापन, अन्तरसंस्था स्वामित्व तथा अन्तरसंस्था लेनदेन विवरण, जमानत वा प्रत्याभूतिको विवरण, गैर बैङ्किङ्ग कारोबारको व्यवस्थापन, सम्पत्ति र दायित्वको उचित व्यवस्थापन,

(घ) गाभ्ने, गाभिने वा प्राप्ति गर्ने प्रक्रिया, लाग्ने समय र लागतको विवरण,

(ङ) सञ्चालन तथा व्यवस्थापन संरचना र सञ्चालकको नामावली,

(च) गाभ्न, गाभिन वा प्राप्ति गर्न सैद्धान्तिक सहमति प्राप्त बैङ्क वा वित्तीय संस्था वा मूल संस्था र लक्षित संस्थाका कर्मचारीहरूको तह मिलान, सेवा सुविधाको मिलान गर्ने व्यवस्था,

(छ) उल्लेख्य स्वामित्व भएका शेयरधनी तथा अन्य शेयरधनीहरुको विवरण,

(ज) नयाँ बैङ्क वा वित्तीय संस्थाको रूपमा गाभ्ने, गाभिने भए सो संस्थाको नाम, प्रबन्धपत्र र नियमावली, पूँजी संरचना, पुनर्संरचना तथा वर्ग,

(झ) विदेशी बैङ्क वा वित्तीय संस्थाको हकमा सम्बन्धित नियमनकारी निकायको सहमति पत्र,

(ञ) विदेशी बैङ्क वा वित्तीय संस्थाको हकमा नेपालमा रहेको बैङ्क वा वित्तीय संस्थाको व्यवसाय प्राप्ति गर्ने वा त्यस्तो बैङ्क वा वित्तीय संस्थाको सम्पूर्ण व्यवसाय नेपालमा बिक्री गर्ने भए सो विषय,

(ट) सरोकारवालाको गुनासो व्यवस्थापन पद्धति,

(ठ) प्रचलित कानुन र सोको पालना गर्न चालिने प्रक्रिया,

(ड) राष्ट्र बैङ्कले तोकेको अन्य आवश्यक विवरण ।

Share this Law

दफा ७२ः सम्झौता सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.