दफा ९४ः भुक्तानीको प्राथमिकता

Estimated reading: 0 minutes 349 views

१) बाध्यात्मक खारेजीमा गएको बैङ्क वा वित्तीय संस्थाले देहायको प्राथमिकता क्रमानुसार दायित्व भुक्तानी गर्नु पर्नेछ ः–

(क) बाध्यात्मक खारेजीको लागि भएको खर्च,

(ख) निक्षेपकर्ताको कुल स्वीकृत दाबी रकमको सीमामा नबढ्ने गरी प्रचलित कानुन बमोजिम भएका निक्षेप बीमा सुरक्षणसम्मको रकम वा त्यस्तो रकम निक्षेप रकम कानुन बमोजिम स्थापना भएको निक्षेप बीमा सुरक्षण गर्ने संस्थालाई भुक्तानी गरेको भए सो बराबरको रकम ।

(ग) खण्ड (ख) बमोजिम भुक्तानी भई बाँकी हुन आएको निक्षेप,

(घ) बैङ्क वा वित्तीय संस्थाका कर्मचारीहरूलाई दिनु पर्ने तलव भत्ता तथा अन्य दायित्व बापतको रकम,

(ङ) नेपाल सरकार, स्थानीय निकाय वा राष्ट्र बैङ्कलाई तिर्नु बुझाउनु पर्ने रकम,

(च) अन्य बैङ्क वा वित्तीय संस्थालाई तिर्न बाँकी शुल्क वा मूल्याङ्कन बापत तिर्नुपर्ने रकम,

(छ) अन्य साहू वा अन्य दाबी बापतको रकम,

(ज) प्रचलित कानुन बमोजिमका शेयरधनीहरु ।

२) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९१ बमोजिम बिक्री वितरण गर्दा बिक्री वितरण नभएको कुनै सम्पत्ति कुनै साहुले बैङ्क वा वित्तीय संस्थाबाट आफूले पाउन सक्ने रकम बापत बुझ्न मञ्जुर गरी निवेदन दिएमा त्यस्तो सम्पत्तिको मूल्य राष्ट्र बैङ्कले निर्धारण गरिदिएको मापदण्डको अधीनमा रही लिक्विडेटरले त्यस्तो साहूलाई सो सम्पत्ति हस्तान्तरण गर्न सक्नेछ ।

३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सुरक्षित साहुहरुको सुरक्षण बापत कुनै सम्पत्ति राखिएको भए त्यस्तो सम्पत्ति निजहरूको दायित्व पूरा गर्न मात्र प्रयोग गरिनेछ ।

Share this Law

दफा ९४ः भुक्तानीको प्राथमिकता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.