दफा ८ः विवरणपत्र

Estimated reading: 1 minute 409 views

१) बैङ्क वा वित्तीय संस्थाले धितोपत्रको सार्वजनिक निष्काशन गर्नु अगावै धितोपत्र सम्बन्धी प्रचलित कानुन बमोजिम स्वीकृति प्राप्त गरी आफ्नो विवरणपत्र राष्ट्र बैङ्क समक्ष दर्ता गराउनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम विवरणपत्र दर्ता नगराएसम्म सो बैङ्क वा वित्तीय संस्था वा त्यस्तो बैङ्क वा वित्तीय संस्थाको तर्पmबाट कसैले पनि त्यस्तो बैङ्क वा वित्तीय संस्थाको विवरणपत्र प्रकाशन गर्न पाउने छैन ।

३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र बोर्डबाट विवरणपत्र दर्ता गर्ने सम्बन्धमा स्वीकृति प्रदान गरेको जानकारी लिखित रूपमा प्राप्त नगरेसम्म राष्ट्र बैङ्कले त्यस्तो विवरणपत्र दर्ता गर्ने छैन ।

Share this Law

दफा ८ः विवरणपत्र

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.