दफा ७ः पूर्व स्वीकृति दिन इन्कार गर्न सक्ने

Estimated reading: 0 minutes 392 views

१) राष्ट्र बैङ्कले देहायको अवस्थामा कुनै बैङ्क वा वित्तीय संस्थाको संस्थापना गर्न वा विदेशी बैङ्क वा वित्तीय संस्थाको शाखा कार्यालय खोल्नका लागि पूर्व स्वीकृति दिन इन्कार गर्न सक्नेछ ;

(क) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको नाम वा त्यस्तो संस्थाले गर्ने बैङ्किङ्ग तथा वित्तीय कारोबार सार्वजनिक हित, धर्म, जातजाति वा सम्प्रदाय आदिको दृष्टिकोणले वाञ्छनीय नदेखिएमा,

(ख) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको उद्देश्य प्रचलित कानुन विपरीत भएमा,

(ग) प्रस्तावित बैङ्क वा वित्तीय संस्था संस्थापना गर्न प्राविधिक दृष्टिकोणबाट उपयुक्त नदेखिएमा,

(घ) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाले पेश गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन, विवरण तथा कागजात र अन्य पूर्वाधारलाई अध्ययन गर्दा वित्तीय कारोबार स्वस्थ र प्रतिस्पर्धात्मक ढंगबाट सञ्चालन गर्ने कुरामा विश्वास गर्न सकिने आधार नभएमा,

(ङ) प्रबन्धपत्र र नियमावलीमा प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको सबै संस्थापकले आफ्नो नाम, ठेगाना आफूले लिने शेयर संख्या समेत खुलाई साक्षीको रोहवरमा सहीछाप गरी सो साक्षीको नाम, ठेगाना समेत नखुलाएमा,

(च) प्रति व्यक्ति शेयर लगानी सीमा र शेयर स्वामित्व अनुपात समय समयमा राष्ट्र बैङ्कले तोके बमोजिम रहेको नपाइएमा,

(छ) राष्ट्र बैङ्कले जारी गरेको बैङ्क वा वित्तीय संस्था संस्थापना तथा इजाजतपत्र सम्बन्धी नीति विपरीत भएको पाइएमा,

(ज) राष्ट्र बैङ्कले तोकेको अन्य शर्त पूरा गरेको नपाइएमा ।

२) उपदफा (१) मा उल्लिखित कुनै अवस्था परी प्रस्तावित बैङ्क वा वित्तीय संस्थालाई राष्ट्र बैङ्कले पूर्व स्वीकृति दिन इन्कार गरेमा सोको कारण खुलाई निवेदकलाई जानकारी दिनु पर्नेछ ।

Share this Law

दफा ७ः पूर्व स्वीकृति दिन इन्कार गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.