दफा १०५ः पुनरावेदन

Estimated reading: 0 minutes 374 views

१) राष्ट्र बैङ्कले दफा ९९ बमोजिम गरेको कारबाही वा दफा १०० बमोजिम गरेको जरिबाना उपर चित्त नबुझाउने बैङ्क वा वित्तीय संस्था वा सोका सञ्चालक, पदाधिकारी, शेयरधनी वा कर्मचारीले त्यस्तो कारबाहीको आदेश पाएको मितिले पैँतीस दिनभित्र अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ ।

तर बैङ्क वा वित्तीय संस्था उपर दफा ९९ बमोजिम गरेको कारबाही वा दफा १०० बमोजिम गरेको जरिबाना विरुद्ध कुनै शेयरधनीले पुनरावेदन गर्दा तत्काल कायम रहेको चुक्ता पूँजीको कम्तीमा पच्चीस प्रतिशत शेयरको प्रतिनिधित्व हुने गरी शेयरधनीहरुले आफूमध्येबाट चुनेको प्रतिनिधिले पुनरावेदन गर्नु पर्नेछ ।

२) कुनै सञ्चालक, पदाधिकारी, कर्मचारी वा व्यक्तिले व्यक्तिगत कारबाही वा जरिबाना विरुद्ध उपदफा (१) बमोजिम पुनरावेदन गर्दा आफूलाई जरिबाना गरेको वा कुनै रकम तिर्न बुझाउन आदेश दिएको भए त्यस्तो रकमको पचास प्रतिशत रकम धरौटी राख्नु पर्नेछ ।

३) पदबाट हटाइएको वा बर्खास्त गरिएको कुनै बैङ्क वा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा कर्मचारी त्यस्तो कारबाही भएको मितिले पाँच वर्ष नपुगेसम्म वा निजले अदालतमा पुनरावेदन गरेको भएमा सो अदालतबाट सफाइ नपाएसम्म कुनै बैङ्क वा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा कर्मचारी भई काम कारबाही गर्न सक्ने छैन ।

Share this Law

दफा १०५ः पुनरावेदन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.