दफा ९०ः खारेजी योजना

Estimated reading: 0 minutes 366 views

१) दफा ८८ बमोजिम दाबीको वर्गीकरण गर्ने कार्य समाप्त भएपछि सोको तीस दिनभित्र लिक्विडेटरले सो बैङ्क वा वित्तीय संस्थाको खारेजी प्रक्रियाको विस्तृत योजना तयार पारी स्वीकृतिको लागि अदालत समक्ष पेश गरी सोको जानकारी राष्ट्र बैङ्कलाई दिनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम पेश गरिने खारेजी योजनामा देहायका विषयहरू समावेश गर्नु पर्नेछ ;

(क) बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति वा दायित्वको विस्तृत विवरण, सोको प्रकृति र परिणाम,

(ख) बैङ्क वा वित्तीय संस्थाको विगत र प्रक्षेपित आय तथा व्ययको विवरण,

(ग) बैङ्क वा वित्तीय संस्थाको वर्तमान आर्थिक कारोबार जारी राख्ने वा रद्द गर्ने सम्बन्धी विस्तृत विवरण,

(घ) अदालतबाट भएको निर्णय वा आदेश,

(ङ) बैङ्क वा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा कर्मचारीले गरेको कसुर वा अन्य गैरकानुनी काम कारबाही बापत क्षतिपूर्ति माग गर्न गरिएको कारबाहीको विवरण,

(च) दाबी वर्गीकरण तथा भुक्तानी प्राथमिकता सहितको विस्तृत विवरण,

(छ) बैङ्क वा वित्तीय संस्थाको मुख्य सम्पत्ति वा सम्पत्तिहरूको समूहको बिक्री तथा तरलता सम्बन्धी योजना,

(ज) बैङ्क वा वित्तीय संस्थाको दायित्व तथा आगामी नब्बे दिनभित्र निक्षेपकर्ता र साहुहरुलाई तिर्नुपर्ने सम्भाव्य भुक्तानी विवरण तालिका,

(झ) बाध्यात्मक खारेजीको लागत तथा खर्च,

(ञ) राष्ट्र बैङ्कले तोकेको अन्य विवरण ।

३) लिक्विडेटरले उपदफा (१) बमोजिमको खारेजी योजनालाई त्रैमासिक रूपमा अद्यावधिक गर्नु पर्नेछ ।

४) खारेजी योजनालाई अदालतले स्वीकृत गरेपछि सो योजनामा दाबी उल्लेख भएको बैङ्क वा वित्तीय संस्थाका साहुहरूलाई निरीक्षणको लागि उपलब्ध गराउनु पर्नेछ ।

५) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाध्यात्मक खारेजीमा गएको बैङ्क वा वित्तीय संस्थालाई पूर्ण वा आंशिक रूपमा लगानी गरी पुनः पूँजीकृत गरिने छैन ।

Share this Law

दफा ९०ः खारेजी योजना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.