दफा १२४ः असल नियतले गरेको कामप्रति जवाफदेही हुन नपर्ने

Estimated reading: 0 minutes 353 views

१) यस ऐन वा राष्ट्र बैङ्क ऐन वा सो अन्तर्गत बनेको नियम, विनियम वा दिएको आदेश वा निर्देशन बमोजिम असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमा राष्ट्र बैङ्क, बैङ्क वा वित्तीय संस्थाको पदाधिकारी वा कर्मचारी व्यक्तिगत वा सामूहिक रूपले जवाफदेही हुने छैनन्।

२) यस ऐन वा राष्ट्र बैङ्क ऐन वा सो अन्तर्गत बनेको नियम, विनियम वा दिइएको आदेश वा निर्देशनको पालना गर्ने क्रममा असल नियतले गरेको वा गर्न खोजेको कुनै कुराले हुन आएको वा हुने हानि नोक्सानीको सम्बन्धमा राष्ट्र बैङ्क, बैङ्क वा वित्तीय संस्था वा सोको पदाधिकारी विरुद्ध कुनै किसिमको मुद्दा परेमा त्यस्तो मुद्दाको खर्च सम्बन्धित संस्थाले व्यहोर्ने छ ।

तर द्वेष, लापरवाही वा बदनियतबाट गरिएको कुनै कामको सम्बन्धमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुनेछ र त्यस्तो विषयमा परेको मुद्दाको खर्च राष्ट्र बैङ्क वा बैङ्क वा वित्तीय संस्थाले व्यहोर्ने छैन ।

Share this Law

दफा १२४ः असल नियतले गरेको कामप्रति जवाफदेही हुन नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.