दफा २१ः सञ्चालक समितिको बैठक

Estimated reading: 0 minutes 388 views

१) सञ्चालक समितिको बैठक वर्षमा कम्तीमा बाह्र पटक बस्नु पर्नेछ ।

तर, दुई वटा बैठकको बीचको फरक साठी दिनभन्दा बढी हुनेछैन ।

२) कम्तीमा एक तिहाई सञ्चालकले बैठकमा छलफल गर्नु पर्ने विषय समेत खुलाई लिखित अनुरोध गरेमा अध्यक्षले जुनसुकै बखत सञ्चालक समितिको बैठक बोलाउनु पर्नेछ ।

३) अध्यक्षले सञ्चालक समितिको बैठकको अध्यक्षता गर्नेछ । अध्यक्षको अनुपस्थितिमा सञ्चालकले आफूमध्येबाट बहुमतले छानेको सञ्चालकले बैठकको अध्यक्षता गर्नेछ ।

४) कुल सञ्चालक संख्याको कम्तीमा एकाउन्न प्रतिशत सञ्चालक उपस्थित नभई सञ्चालक समितिको बैठक बस्ने छैन ।

५) सञ्चालक समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन पाउनेछ ।

६) सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकको नाम, छलफल भएको विषय र तत् सम्बन्धमा भएको निर्णयको माइन्युटको छुट्टै अभिलेख राख्नु पर्नेछ र सो अभिलेखमा बैठकमा उपस्थित सम्पूर्ण सञ्चालकले सही गरेको हुनु पर्नेछ ।

तर सञ्चालक समितिको निर्णयमा कुनै सञ्चालकले फरक मत राख्न चाहेमा सो फरक मत निजले सही गरी निर्णय पुस्तिकामा अभिलेख गर्न सक्नेछ ।

Share this Law

दफा २१ः सञ्चालक समितिको बैठक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.