दफा ६ः बैङ्क वा वित्तीय संस्थाको शाखा कार्यालय खोल्न पूर्व स्वीकृति लिनु पर्ने

Estimated reading: 0 minutes 397 views

१) अन्तर्राष्ट्रिय श्रेणीकृत (इन्टरनेश्नल रेटेड) कुनै विदेशी बैङ्क वा वित्तीय संस्थाले नेपालभित्र बैङ्किङ्ग तथा वित्तीय कारोबार वा गैर बैङ्किङ्ग वित्तीय कारोबार सञ्चालन गर्न शाखा कार्यालय खोल्न चाहेमा त्यस्तो शाखा कार्यालय खोल्नु पूर्व राष्ट्र बैङ्कको स्वीकृति लिनु पर्नेछ ।

२) उपदफा (१) को प्रयोजनको लागि राष्ट्र बैङ्कले तोकेको पूँजी तथा दस्तुर सहित राष्ट्र बैङ्क समक्ष निवेदन दिनु पर्नेछ ।

३) उपदफा (२) बमोजिम निवेदन दिँदा त्यस्तो विदेशी बैङ्क वा वित्तीय संस्थाले दफा ५ को उपदफा (१) मा उल्लिखित विवरण तथा कागजातको अतिरिक्त देहाय बमोजिमका थप कागजात तथा विवरण समेत पेश गर्नु पर्नेछ ः–

(क) विदेशी बैङ्क वा वित्तीय संस्थाको नेपालस्थित शाखा वा प्रतिनिधि वा सम्पर्क कार्यालयले गर्ने व्यावसायिक काम कारबाहीको सम्बन्धमा आफ्नो सम्पूर्ण दायित्व पूरा गर्न आवश्यक हुने रकम राष्ट्र बैङ्कले माग गरेको बखत उपलब्ध गराउने सम्बन्धमा सञ्चालक समितिले गरेको लिखित प्रतिबद्धता,

(ख) विदेशी बैङ्क वा वित्तीय संस्थाको प्रस्तावित शाखा कार्यालय रहने स्थानको विवरण,

(ग) विदेशी बैङ्क वा वित्तीय संस्थाको प्रस्तावित शाखा कार्यालयको सम्भावित पदाधिकारीकोविवरण ।

४) उपदफा (३) बमोजिम पेश भएका कागजात वा विवरण जाँचबुझ गर्दा थप कागजात वा विवरण माग गर्नु पर्ने देखिएमा राष्ट्र बैङ्कले सम्बन्धित निवेदकबाट आवश्यक कागजात वा विवरण माग गर्न सक्नेछ ।

५) उपदफा (३) बमोजिमको थप कागजात तथा उपदफा (४) बमोजिमको कागजात मागिएकोमा त्यस्तो कागजात प्राप्त भएपछि प्राप्त निवेदन उपर जाँचबुझ गर्दा पूर्व स्वीकृति दिन उपयुक्त हुने देखेमा राष्ट्र बैङ्कले कुनै शर्त तोकी वा नतोकी त्यसरी निवेदन पर्न आएको एकसय बीस दिनभित्र त्यस्तो विदेशी बैङ्क वा वित्तीय संस्थालाई नेपालमा शाखा कार्यालय खोल्न स्वीकृति दिन सक्नेछ ।

६) उपदफा (५) बमोजिमको पूर्व स्वीकृति प्राप्त गरे पछि त्यस्तो विदेशी बैङ्क वा वित्तीय संस्थाले प्रचलित कम्पनी कानुन बमोजिम शाखा कार्यालय दर्ता गर्नु पर्नेछ ।

७) उपदफा (६) बमोजिम दर्ता भएको विदेशी बैङ्क वा वित्तीय संस्थाको शाखा कार्यालयले नेपालमा बैकिङ्ग तथा वित्तीय कारोबार गर्ने स्वीकृतिको लागि राष्ट्र बैङ्कले तोकेको शुल्क वा दस्तुर सहित देहायका कागजात तथा विवरण संलग्न गरी राष्ट्र बैङ्क समक्ष निवेदन पेश गर्नु पर्नेछ ः–

(क) शाखा कार्यालयको रूपमा नेपालमा बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न प्रचलित कम्पनी कानुन बमोजिम दर्ता भएको दर्ता प्रमाणपत्र,

(ख) विदेशी बैङ्क वा वित्तीय संस्थाको सम्बन्धित मुलुकको कानुन बमोजिम त्यस्तो मुलुकको सरकार वा केन्द्रीय बैङ्क वा नियमन गर्ने निकायले त्यस्तो विदेशी बैङ्क वा वित्तीय संस्थालाई नेपालमा शाखा कार्यालय खोल्न दिएको स्वीकृति वा सहमति पत्र ।

(ग) विदेशी बैङ्क वा वित्तीय संस्थाको शाखा कार्यालय स्थापना गर्न राष्ट्र बैङ्कमा निवेदन पेश गरेपछि वा राष्ट्र बैङ्कबाट पूर्व स्वीकृति लिएपछि त्यस्तो विदेशी बैङ्क वा वित्तीय संस्थाले यस ऐन बमोजिम पूरा गर्नु पर्ने कुनै कुरामा फरक परेको भए सोको विवरण,

(घ) राष्ट्र बैङ्कले माग गरे बमोजिमको अन्य जानकारी तथा विवरण ।

८) उपदफा (७) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा स्वीकृति दिन उपयुक्त हुने देखेमा राष्ट्र बैङ्कले त्यस्तो विदेशी बैङ्क वा वित्तीय संस्थाको शाखा कार्यालयलाई नेपालमा बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न निवेदन पेश भएको मितिले नब्बे दिनभित्र स्वीकृति दिन सक्नेछ ।

९) उपदफा (८) बमोजिम स्वीकृति प्रदान गर्दा राष्ट्र बैङ्कले आवश्यक शर्त समेत तोक्न सक्नेछ।

१०) बैङ्क तथा वित्तीय संस्थाले राष्ट्र बैङ्कको स्वीकृति लिई नेपाल बाहिर शाखा कार्यालय खोल्न सक्नेछ ।

११) उपदफा (१०) बमोजिम नेपाल बाहिर शाखा कार्यालय खोल्ने सम्बन्धमा राष्ट्र बैङ्कले समय समयमा आवश्यक नीति बनाउनेछ ।

Share this Law

दफा ६ः बैङ्क वा वित्तीय संस्थाको शाखा कार्यालय खोल्न पूर्व स्वीकृति लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.