दफा २२ः सञ्चालक समितिको काम, कर्तव्य र अधिकार

Estimated reading: 0 minutes 387 views

१) बैङ्क वा वित्तीय संस्थाको साधारण सभाबाट हुने काम बाहेक यस ऐन, प्रचलित कानुन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैङ्क वा वित्तीय संस्थाले गर्नु पर्ने सम्पूर्ण काम, कर्तव्य र अधिकार सञ्चालक समितिमा निहित रहनेछ ।

२) बैङ्क वा वित्तीय संस्थाको समग्र जोखिम व्यवस्थापन गरी निक्षेपकर्ता, ग्राहकवर्ग तथा सर्वसाधारण शेयरधनीको हितमा बैङ्क वा वित्तीय संस्थाको सञ्चालन गर्नु एवं बैङ्क वा वित्तीय संस्थामा उपयुक्त संस्थागत सुशासन कायम गरी निक्षेप लिने, कर्जा दिने, लगानी गर्ने, कर्मचारी व्यवस्थापन गर्ने र बजेट खर्च गर्ने जस्ता बैङ्क वा वित्तीय संस्थाको दैनिक काम कारोबारमा हस्तक्षेप नगर्ने विषयको प्रत्याभूति गर्नु सञ्चालक समितिको कर्तव्य हुनेछ ।

३) सञ्चालक समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ;

(क) बैङ्क वा वित्तीय संस्थाले गर्नु पर्ने काम सुव्यवस्थित रूपले सञ्चालन गर्न यस ऐन, प्रचलित कानुन तथा राष्ट्र बैङ्कको निर्देशनको अधीनमा रही आवश्यक विनियम,निर्देशिका र कार्यविधि बनाई लागू गर्ने,

(ख) बैङ्क वा वित्तीय संस्थाको कारोबारमा जोखिम वा जोखिमजन्य परिस्थिति उत्पन्न हुन नदिन आफ्नो नीति र रणनीति अनुरूप बैङ्किङ्ग तथा वित्तीय कारोबार होसियारीपूर्वक सञ्चालन गर्न आन्तरिक नियन्त्रण प्रणाली एवं जोखिम व्यवस्थापन मापदण्ड तयार गरी लागू गर्ने,

(ग) बैङ्क वा वित्तीय संस्थाले गर्नु पर्ने सम्पूर्ण काम कारबाहीको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने, काम कारबाहीको नियमित अनुगमन गरी बैङ्क वा वित्तीय संस्था व्यवस्थित र विवेकशील तबरबाट सञ्चालन गर्ने गराउने,

(घ) बैङ्क वा वित्तीय संस्थाको स्पष्ट संगठनात्मक संरचना तयार गर्ने, नीति तर्जुमा गर्ने र कार्यान्वयन गर्ने,

(ङ) बैङ्क वा वित्तीय संस्थाको वार्षिक प्रतिवेदन सहितको लेखापरीक्षण प्रतिवेदन वार्षिक साधारण सभामा पेश गर्ने,

(च) राष्ट्र बैङ्कले समय समयमा तोके बमोजिमका अन्य कार्यहरू गर्ने ।

Share this Law

दफा २२ः सञ्चालक समितिको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.