दफा १३ः बैङ्क वा वित्तीय संस्थाले आफ्नो शेयर आफैले खरिद गर्न नहुने

Estimated reading: 0 minutes 355 views

१) बैङ्क वा वित्तीय संस्थाले आफ्नो शेयर आफैले खरिद गर्न वा जमानतमा राखी कर्जा दिन हुँदैन ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा राष्ट्र बैङ्कको स्वीकृति लिई सम्बन्धित बैङ्क वा वित्तीय संस्थाले राष्ट्र बैङ्कले तोकेको प्रतिशतमा नबढ्ने गरी लाभांशको रूपमा वितरण हुन सक्ने सञ्चित मुनाफाको रकमबाट आफ्नो शेयर आफैले खरिद गर्न सक्नेछ ;

(क) बैङ्क वा वित्तीय संस्थाले जारी गरेको शेयरको सम्पूर्ण रकम भुक्तानी भई सकेको भए,

(ख) बैङ्क वा वित्तीय संस्थाले जारी गरेको शेयर धितोपत्र बजारमा सूचीकृत भई सकेको भए,

(ग) आफ्नो शेयर आफै खरिद गर्न सक्ने व्यवस्था सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको नियमावलीमा भएको भए,

(घ) आफ्नो शेयर आफै खरिद गर्न सक्ने गरी सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको साधारण सभामा विशेष प्रस्ताव पारित भएको भए,

(ङ) बैङ्क वा वित्तीय संस्थाले चुक्ता गर्नु पर्ने ऋण रकम बैङ्क वा वित्तीय संस्थाले आफ्नो शेयर आफैले खरिद गरी सकेपछि पूँजी तथा साधारण जगेडा कोषको रकमको अनुपातमा दोब्बरभन्दा बढी नहुने भए,

स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “ऋण रकम” भन्नाले बैङ्क वा वित्तीय संस्थाले लिएको सुरक्षित तथा असुरक्षित सम्पूर्ण कर्जा रकम सम्झनु पर्छ ।

(च) बैङ्क वा वित्तीय संस्थाले खरिद गर्ने आफ्नो शेयरको रकम कुल चुक्ता पूँजी तथा साधारण जगेडा कोषको रकमको बीस प्रतिशतभन्दा बढी नहुने भए,

(छ) आफ्नो शेयर आफै खरिद गर्दा राष्ट्र बैङ्कबाट बैङ्क वा वित्तीय संस्थालाई जारी पूँजीकोष सम्बन्धी निर्देशनको पालना हुने भए,

(ज) आफ्नो शेयर आफै खरिद गर्ने सम्बन्धमा राष्ट्र बैङ्कले समय समयमा जारी गरेको निर्देशन प्रतिकूल नहुने भए ।

३) उपदफा (२) बमोजिम कुनै बैङ्क वा वित्तीय संस्थाले आफ्नो शेयर आफै खरिद गर्ने स्वीकृतिका लागि देहायको विवरण खुलाई राष्ट्र बैङ्क समक्ष निवेदन दिनु पर्नेछ ;

(क) आफ्नो शेयर आफैले खरिद गर्नु पर्ने कारण, आवश्यकता, समयावधि र तरिका,

(ख) आफ्नो शेयर आफैले खरिद गरेको कारणबाट बैङ्क वा वित्तीय संस्थाको वित्तीय स्थितिमा पर्न सक्ने सम्भावित प्रभाव मूल्याङ्कनको विवरण,

(ग) खरिद गर्न प्रस्ताव गरिएको शेयरको किसिम, शेयरको प्रति कित्ता मूल्य र शेयर संख्या,

(घ) खण्ड (ग) बमोजिमको शेयर खरिद गर्न लाग्ने अधिकतम वा न्यूनतम रकम र सोको स्रोत,

(ङ) आफ्नो शेयर आफैले खरिद गर्ने सम्बन्धमा राष्ट्र बैङ्कले तोकेको अन्य विवरण,

(च) प्रचलित कानुन बमोजिम खुलाउनु पर्ने अन्य आवश्यक विवरण ।

४) उपदफा (३) बमोजिम प्राप्त निवेदन र सो साथ संलग्न विवरणको जाँचबुझ गर्दा स्वीकृति दिन उपयुक्त हुने देखेमा राष्ट्र बैङ्कले त्यस्तो बैङ्क वा वित्तीय संस्थालाई आफ्नो शेयर आफै खरिद गर्ने स्वीकृति दिन सक्नेछ ।

५) उपदफा (४) बमोजिम स्वीकृति प्राप्त भएपछि त्यस्तो स्वीकृति प्राप्त गरेको मितिले छ महिना वा साधारण सभाबाट विशेष प्रस्ताव पारित गरेको बाह्र महिनामध्ये जुन पछिल्लो हुन्छ सो अवधिभित्र सम्बन्धित बैङ्क वा वित्तीय संस्थाले देहायको कुनै उपायबाट आफ्नो शेयर आफैले खरिद गर्न सक्नेछ ;

(क) धितोपत्र बजार मार्फत खरिद गरेर,

(ख) तत्काल कायम रहेको शेयरधनीबाट समानुपातिक रूपमा खरिद गरेर ।

६) उपदफा (५) बमोजिम बैङ्क वा वित्तीय संस्थाले आफ्नो शेयर आफैले खरिद गरेकोमा त्यस्तो शेयर खरिद गरेको मितिले तीस दिनभित्र आफूले खरिद गरेको शेयर संख्या, सो बापत भुक्तानी रकम र अन्य आवश्यक विवरणहरूको जानकारी राष्ट्र बैङ्कलाई गराउनु पर्नेछ ।

७) उपदफा (५) बमोजिम आफ्नो शेयर आफैले खरिद गरेको अंकित मूल्य बराबरको रकम चुक्ता पूँजीबाट घटाई छुट्टै पूँजी फिर्ता जगेडा कोष खडा गरी सो कोषमा दाखिला गर्नु पर्नेछ र सो कोषको रकमलाई चुक्ता पूँजी सरह कायम राख्नु पर्नेछ ।

८) उपदफा (५) बमोजिम बैङ्क वा वित्तीय संस्थाले आफ्नो शेयर आफैले खरिद गरेकोमा आफूले खरिद गरे जति शेयर त्यसरी खरिद गरेको मितिले एक सय बीस दिनभित्र रद्द गरिसक्नु पर्नेछ ।

९) बैङ्क वा वित्तीय संस्थाले आफ्नो शेयर आफैले खरिद गर्ने सम्बन्धी अन्य व्यवस्था राष्ट्र बैङ्कले तोके बमोजिम हुनेछ ।

Share this Law

दफा १३ः बैङ्क वा वित्तीय संस्थाले आफ्नो शेयर आफैले खरिद गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.