दफा १८ः सञ्चालकको अयोग्यता

Estimated reading: 0 minutes 371 views

१) बैङ्क वा वित्तीय संस्थाको सञ्चालक हुन देहायको व्यक्ति योग्य हुने छैन  –

(क) २५ वर्ष उमेर पूरा नभएको,

(ख) मगज बिग्रिएको वा मानसिक सन्तुलन ठीक नभएको,

(ग) नेपालभित्र वा विदेशमा कर्जा तिर्न नसकी साहूको दामासाहीमा परेको,

(घ) नेपालभित्र वा विदेशमा बैङ्क वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालो सूची वा डिफल्टरमा परी सो कालो सूची वा डिफल्टरबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएको,

(ङ) बैङ्क वा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने तथा बिमा सम्बन्धी व्यवसाय सञ्चालन गर्ने संगठित संस्थाको बहालवाला सञ्चालक वा कर्मचारी,

(च) सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको ऋणी वा बहालवाला लेखापरीक्षक वा सल्लाहकार वा बैङ्क वा वित्तीय संस्थासँग कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेको वा निजी स्वार्थ रहेको व्यक्ति, फर्म र कम्पनी,

(छ) धितोपत्र व्यवसायीको रूपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेको वा मर्चेण्ट बैङ्कर,

(ज) इजाजतपत्र प्राप्त संस्थाको संचालकमा बहाल रहेको व्यक्ति,

(झ) शेयर स्वामित्वका कारणले सञ्चालक हुन सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको नियमावली बमोजिम सञ्चालक हुनको लागि लिनुपर्ने न्यूनतम शेयर नलिएको व्यक्ति,

(ञ) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संगठित संस्था वा राष्ट्र बैङ्क वा बैङ्क वा वित्तीय संस्थाको बहालवाला कर्मचारी,

तर नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्थाले शेयर खरिद गरेको वा राष्ट्र बैङ्क वा बैङ्क वा वित्तीय संस्थाले शेयर खरिद गरेको लघुवित्त संस्था वा पूर्वाधार विकास बैङ्कमा सञ्चालक मनोनित गर्न यस व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन ।

(ट) प्रचलित कानुन बमोजिम तिर्नु पर्ने कर चुक्ता नगरेको,

(ठ) चोरी, ठगी, किर्ते, जालसाजी, भ्रष्टाचार, नैतिक पतन देखिने कुनै पनि फौजदारी कसुर वा बैङ्किङ्ग कसुर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट कसूरदार ठहर भई सजाय भुक्तान भएको दश वर्ष अवधि व्यतित नभएको,

(ड) प्रचलित कानुन बमोजिम नियमनकारी निकायले कानुन विपरीत कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको पाँच वर्ष अवधि व्यतित नभएको,

(ढ) स्वतन्त्र सञ्चालकको हकमा निज सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको संस्थापक वा शून्य दशमलव एक प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको,

(ण) अदालतको फैसला बमोजिम लागेको कैद, जरिबाना तिर्न बुझाउन बाँकी रहेको, सरकारी बाँकी तिर्न बुझाउन बाँकी रहेको ।

२) उपदफा (१) को खण्ड (ङ) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्क वा वित्तीय संस्थाको पदाधिकारी वा कर्मचारीले सोही बैङ्क वा वित्तीय संस्थाको सहायक कम्पनीको सञ्चालक भई काम गर्न सक्नेछ ।

Share this Law

दफा १८ः सञ्चालकको अयोग्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.