दफा ७०ः गाभ्न वा गाभिन वा प्राप्ति गर्न निवेदन दिनु पर्ने

Estimated reading: 1 minute 350 views

१) कुनै बैङ्क वा वित्तीय संस्था अर्को बैङ्क वा वित्तीय संस्थामा गाभ्न वा गाभिन चाहेमा गाभ्न वा गाभिन चाहने दुई वा सो भन्दा बढी बैङ्क वा वित्तीय संस्थाले आ-आफ्नो सञ्चालक समितिबाट निर्णय गरी सैद्धान्तिक सहमतिका लागि देहायका कुरा खुलाई राष्ट्र बैङ्कमा संयुक्त रूपमा निवेदन दिनु पर्नेछ ;

(क) बैङ्क वा वित्तीय संस्था गाभ्नु, गाभिनुको आवश्यकता तथा औचित्य, सोबाट बैङ्किङ्ग तथा वित्तीय क्षेत्र र वित्तीय प्रणालीमा पर्ने असरको सामान्य प्रक्षेपण,

(ख) गाभ्ने वा गाभिने बैङ्क वा वित्तीय संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण, खुद सम्पत्ति लगायतको वित्तीय विवरण सहितको लेखापरीक्षकको प्रतिवेदन,

(ग) गाभ्ने वा गाभिने बैङ्क वा वित्तीय संस्थाले कर्जा लिएका साहूहरूको हित सुरक्षार्थ गरिएको व्यवस्था,

(घ) गाभिने बैङ्क वा वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्वको भुक्तानी अवधि सहितको यथार्थ विवरण,

(ङ) गाभ्ने वा गाभिने बैङ्क वा वित्तीय संस्थाका कर्मचारीको व्यवस्थापनको विवरण,

(च) गाभ्ने वा गाभिने प्रयोजनको लागि प्रचलित कम्पनी तथा धितोपत्र सम्बन्धी कानुन बमोजिमको स्वीकृति प्रक्रिया,

(छ) संस्थाहरूले गाभ्ने, गाभिने सम्बन्धी गरेको प्रारम्भिक सम्झौतापत्र,

(ज) राष्ट्र बैङ्कले तोकेको अन्य विषय ।

२) कुनै बैङ्क वा वित्तीय संस्थाले अर्को बैङ्क वा वित्तीय संस्था प्राप्ति गर्न चाहेमा सम्बन्धित दुई वा सो भन्दा बढी बैङ्क वा वित्तीय संस्थाले आ-आफ्नो साधारण सभाको विशेष प्रस्ताव बमोजिम आ-आफ्नो सञ्चालक समितिबाट निर्णय गरी सैद्धान्तिक सहमतिका लागि देहायका विषय खुलाई राष्ट्र बैङ्कमा संयुक्त रूपमा निवेदन दिनु पर्नेछ ;

(क) बैङ्क वा वित्तीय संस्था प्राप्तिको आवश्यकता तथा औचित्य, सोबाट बैङ्किङ्ग तथा वित्तीय क्षेत्र र वित्तीय प्रणालीमा पर्ने असरको सामान्य प्रक्षेपण,

(ख) मूल संस्था तथा लक्षित संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण, खुद सम्पत्ति लगायतको वित्तीय विवरण सहितको लेखापरीक्षकको प्रतिवेदन,

(ग) मूल संस्था तथा लक्षित संस्थाका कर्मचारीको व्यवस्थापनको विवरण,

(घ) प्रचलित कम्पनी तथा धितोपत्र सम्बन्धी कानुन बमोजिमको स्वीकृति प्रक्रिया,

(ङ) बैङ्क वा वित्तीय संस्था प्राप्ति सम्बन्धी गरेको प्रारम्भिक सम्झौतापत्र,

(च) राष्ट्र बैङ्कले तोके बमोजिमका अन्य विषय ।

३) उपदफा (१) वा (२) बमोजिम प्राप्त निवेदन उपर राष्ट्र बैङ्कले आवश्यक जाँचबुझ गर्नेछ र त्यस्तो जाँचबुझको सिलसिलामा राष्ट्र बैङ्कले आवश्यकता अनुसार निवेदकसँग छलफल गर्न र थप कागजात समेत माग गर्न सक्नेछ ।

४) उपदफा (३) बमोजिम गरिएको जाँचबुझबाट बैङ्क वा वित्तीय संस्था गाभ्दा वा गाभिदा वा बैङ्क वा वित्तीय संस्था प्राप्ति गर्दा राष्ट्रको बैङ्किङ्ग तथा वित्तीय प्रणालीको विकास, स्वच्छ प्रतिस्पर्धा तथा प्रचलित कानुनको पालनामा कुनै पनि किसिमको नकारात्मक असर पर्ने छैन भन्ने कुरामा राष्ट्र बैङ्क सन्तुष्ट भएमा त्यस्तो बैङ्क वा वित्तीय संस्थालाई गाभ्ने वा गाभिने वा बैङ्क वा वित्तीय संस्था प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति दिन सक्नेछ र यसरी सहमति दिँदा राष्ट्र बैङ्कले शर्त तोक्न वा निर्देशन दिन समेत सक्नेछ ।

Share this Law

दफा ७०ः गाभ्न वा गाभिन वा प्राप्ति गर्न निवेदन दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.