परिच्छेद–९ लेखा, अभिलेख, विवरण तथा प्रतिवेदन सम्बन्धी व्यवस्था

दफा ६१ः लेखापरीक्षण समितिको काम, कर्तव्य तथा अधिकार

Estimated reading: 0 minutes 58 views

लेखापरीक्षण समितिको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछ ;

(क) बैङ्क वा वित्तीय संस्थाको लेखा, बजेट तथा आन्तरिक लेखापरीक्षण कार्यविधि, आन्तरिक नियन्त्रण व्यवस्था उपयुक्त भए नभएको र भएमा सोको पालना भए नभएको अनुगमन तथा सुपरिवेक्षण गर्ने,

(ख) बैङ्क वा वित्तीय संस्थाको लेखा र बहीखाताको आन्तरिक लेखापरीक्षण गराउने र त्यस्ता कागजात प्रचलित कानुन, राष्ट्र बैङ्कको नियमन तथा निर्देशन बमोजिम ठीकसँग तयार भए नभएको बारे यकीन गर्ने,

(ग) बैङ्क वा वित्तीय संस्थामा लागू भएको प्रचलित कानुन पूर्ण रूपमा पालना भएको छ भनी विश्वस्त हुन बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापन र सञ्चालनको नियमित व्यवस्थापकीय तथा कार्य सम्पादनको परीक्षण गर्ने, गराउने,

(घ) बैङ्क वा वित्तीय संस्थामा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, नीति वा दिइएको निर्देशन बमोजिम काम कारबाही भए नभएको अनुगमन गर्ने र सोको प्रतिवेदन सञ्चालक समिति समक्ष पेश गर्ने,

(ङ) बाह्य लेखापरीक्षकको नियुक्तिको लागि तीन जना लेखापरीक्षकको नाम सिफारिस गर्ने ।

(च) सञ्चालक समितिबाट माग गरिएको विषयमा राय दिने ।

Share this Law

दफा ६१ः लेखापरीक्षण समितिको काम, कर्तव्य तथा अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.