१) लिक्वीडेटरले दफा ८७ बमोजिम स्वीकृत, आंशिक रूपमा स्वीकृत वा अस्वीकृत दाबीलाई सोही बमोजिम छुट्टाछुट्टै शीर्षकमा छुट्याई राख्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम आंशिक रूपमा स्वीकृत दाबीलाई स्वीकृत भएजति स्वीकृत र बाँकीलाई अस्वीकृत दाबीको सूचीमा समावेश गर्नु पर्नेछ ।

३) दाबीको सूची तयार गर्दा त्यस्तो सूचीमा दाबीकर्ताको नाम, ठेगाना, भुक्तानी हुने स्थान, मिति, रकम तथा दाबी सुरक्षित गर्ने धितो भए नभएको विवरण समेत प्रष्ट रूपमा उल्लेख गर्नु पर्नेछ ।

४) कुनै दाबीको बारेमा विवाद रही सोको निर्णय नभएसम्म त्यस्तो दाबीलाई विवादित दाबीको सूचीमा राख्नु पर्नेछ ।

५) स्वीकृत र मूल्य निश्चित नभएका दाबीलाई लिक्विडेटरले आफूले तोकेको सूची अन्तर्गत सूचीकृत गर्नु पर्नेछ ।

६) सुरक्षित साहुहरुको दाबीको छुट्टै वर्गीकरण गर्नु पर्नेछ ।

७) स्वीकृत दाबीलाई यस ऐन बमोजिमको भुक्तानीको प्राथमिकता क्रममा रहने गरी सूचीकृत गर्नु पर्नेछ ।

Share this Law

दफा ८८ः दाबीको वर्गीकरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.