दफा ६४ः लेखापरीक्षकमा नियुक्त हुन नसक्ने

Estimated reading: 0 minutes 311 views

१) देहाय बमोजिमको कुनै पनि व्यक्ति वा त्यस्तो व्यक्ति संस्थापक वा हिस्सेदार भएको फर्म, कम्पनी वा संस्था बैङ्क वा वित्तीय संस्थाको लेखापरीक्षकमा नियुक्त हुन सक्ने छैन ;

(क) बैङ्क वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, कार्यकारी प्रमुख वा निजको परिवारको सदस्य,

(ख) बैङ्क वा वित्तीय संस्थाको पदाधिकारी, कर्मचारी वा आन्तरिक लेखापरीक्षक

(ग) बैङ्क वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख वा कर्मचारीसँग साझेदार भई काम गरेको व्यक्ति,

(घ) बैङ्क वा वित्तीय संस्थाको ऋणी, उल्लेख्य स्वामित्व भएको व्यक्ति वा सम्बद्ध व्यक्ति वा वित्तीय स्वार्थ भएको व्यक्ति,

(ङ) नेपाल वा विदेशमा दामासाहीमा परेको व्यक्ति,

(च) सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, फर्म, कम्पनी वा संस्था,

(छ) फौजदारी कसुरमा अदालतबाट सजाय पाई सो सजाय भुक्तान गरेको पाँच वर्षको अवधि व्यतित भई नसकेको व्यक्ति,

(ज) प्रचलित कानुन बमोजिम लेखापरीक्षक नियुक्त हुन अयोग्य रहेको व्यक्ति ।

२) बैङ्क वा वित्तीय संस्थाको लेखापरीक्षकमा नियुक्ति भएको कुनै व्यक्ति उपदफा (१) बमोजिम अयोग्य भएको पाइएमा त्यस्तो व्यक्तिको नियुक्ति स्वतः रद्द भएको मानिनेछ ।

Share this Law

दफा ६४ः लेखापरीक्षकमा नियुक्त हुन नसक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.