परिच्छेद–९ लेखा, अभिलेख, विवरण तथा प्रतिवेदन सम्बन्धी व्यवस्था

दफा ६३ः लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक

Estimated reading: 0 minutes 46 views

१) लेखापरीक्षकको नियुक्ति बैङ्क वा वित्तीय संस्थाको साधारण सभाबाट हुनेछ ।

२) साधारण सभाले एउटै लेखापरीक्षकलाई लगातार तीन पटकभन्दा बढी अवधिको लागि नियुक्ति गर्न सक्ने छैन ।

३) साधारण सभाले उपदफा (१) बमोजिम लेखापरीक्षक नियुक्ति गर्दा “क”, “ख” र “ग” वर्गको इजाजतपत्र प्राप्त बैङ्क वा वित्तीय संस्थाको हकमा चार्टर्ड एकाउन्टेण्ट र “घ” वर्गको इजाजतपत्र प्राप्त बैङ्क वा वित्तीय संस्थाको हकमा चार्टर्ड एकाउन्टेण्ट वा दर्तावाला लेखापरीक्षकलाई नियुक्ति गर्नु पर्नेछ ।

४) उपदफा (१) बमोजिम बैङ्क वा वित्तीय संस्थाले लेखापरीक्षक नियुक्ति नगरेमा वा गर्न नसकेमा राष्ट्र बैङ्कले लेखापरीक्षक नियुक्ति गर्न सक्नेछ ।

५) कुनै कारणले लेखापरीक्षकको स्थान रिक्त भएमा बाँकी अवधिको लागि सञ्चालक समितिले अर्को लेखापरीक्षकको नियुक्ति गर्नु पर्नेछ ।

६) बैङ्क वा वित्तीय संस्थाको लेखापरीक्षकको पारिश्रमिक राष्ट्र बैङ्कले नियुक्त गरेकोमा राष्ट्र बैङ्कले, साधारण सभाले नियुक्त गरेकोमा सो सभाले र सञ्चालक समितिले नियुक्त गरेकोमा सो समितिले तोके बमोजिम हुनेछ ।

Share this Law

दफा ६३ः लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.