१) बैङ्क वा वित्तीय संस्थाको सञ्चालक समितिले गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा तीन सदस्य भएको एक लेखापरीक्षण समिति गठन गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिमको लेखापरीक्षण समितिमा बैङ्क वा वित्तीय संस्थाको अध्यक्ष, उपसमितिको संयोजक र कार्यकारी प्रमुखले कार्य गर्न सक्ने छैनन्।

३) उपदफा (१) बमोजिमको लेखापरीक्षण समितिको सदस्य निक्षेप लिने, कर्जा दिने, धितोपत्रमा लगानी गर्ने, स्वीकृत बजेट खर्च गरी निर्णय लिनु पर्ने लगायतका नियमित दैनिक कारोबारमा संलग्न हुन पाउने छैन ।

४) सञ्चालक समितिले बैठक बोलाएको अवस्थामा बाहेक सामान्यतया लेखापरीक्षण समितिको बैठक तीन महिनामा एक पटक बस्नेछ ।

५) लेखापरीक्षण समितिको बैठक सम्बन्धी कार्यविधि सोही समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

Share this Law

दफा ६०ः लेखापरीक्षण समिति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.