परिच्छेद–९ लेखा, अभिलेख, विवरण तथा प्रतिवेदन सम्बन्धी व्यवस्था

दफा ५८ः हिसाब किताब दुरुस्त राख्नु पर्ने

Estimated reading: 1 minute 98 views

१) बैङ्क वा वित्तीय संस्थाले आफ्नो हिसाब किताब, खाता, बही, श्रेस्ता र लेखाको अभिलेख यथार्थ र दुरुस्त राख्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम राखिने लेखा दोहोरो लेखा प्रणालीमा आधारित मान्य सिद्धान्त अनुरूप बैङ्क वा वित्तीय संस्थाको कारोबारको यथार्थ स्थिति स्पष्ट रूपमा प्रतिविम्बित हुने गरी राखिएको हुनु पर्नेछ ।

३) उपदफा (१) र (२) को सर्वमान्यतामा प्रतिकूल नहुने गरी इजाजतपत्र प्राप्त विदेशी बैङ्क वा वित्तीय संस्थाको शाखा वा कार्यालयले आफ्नो सम्पत्ति, दायित्व, आम्दानी, खर्च आदि खुल्ने गरी छुट्टै लेखा, हिसाब किताब, अभिलेख तथा नाफा-नोक्सान हिसाब लगायतको वित्तीय विवरण तयार पारी राख्नु पर्नेछ ।

४) उपदफा (१) बमोजिम राखिने लेखा तथा अन्य विवरण राष्ट्र बैङ्कले अन्यथा स्वीकृति दिएकोमा बाहेक आफ्नो केन्द्रीय कार्यालयमा राख्नु पर्नेछ ।

Share this Law

दफा ५८ः हिसाब किताब दुरुस्त राख्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.