परिच्छेद–५ इजाजतपत्र सम्बन्धी व्यवस्था

दफा ४०ः विदेशी बैङ्कको शाखा सम्बन्धी विशेष व्यवस्था

Estimated reading: 0 minutes 110 views

१) राष्ट्र बैङ्कले कुनै अन्तर्राष्ट्रिय श्रेणीकृत विदेशी बैङ्कलाई नेपालमा शाखा मार्फत बैङ्किङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न स्वीकृति दिएमा सो बमोजिम नेपालमा प्रचलित कम्पनी कानुन अनुसार दर्ता भएको शाखा यस ऐन बमोजिम संस्थापना भएको बैङ्क वा वित्तीय संस्था सरह मानिनेछ र यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, आदेश वा निर्देशनले अन्यथा व्यवस्था गरेकोमा बाहेक अन्य सम्पूर्ण प्रावधानहरू त्यस्तो शाखाको हकमा समेत समान रूपले लागू हुने छन्।

२) विदेशी बैङ्कको शाखाको काम, कर्तव्य, अधिकार, जिम्मेवारी, दायित्व, जायजेथा, लेखा आदि काम कारबाहीको जिम्मेवारी लिने तथा त्यस्तो काम कारबाही सम्पादन गर्ने पदाधिकारी तथा कर्मचारीहरूको जिम्मेवारी सम्बन्धमा राष्ट्र बैङ्कले आवश्यक निर्देशन दिन सक्नेछ ।

३) विदेशी बैङ्कको नेपालस्थित शाखाले आफ्नो दायित्व पूरा गर्ने क्रममा आफ्नो सम्पत्ति प्रयोग गर्दा अन्य कुनै कानुनी व्यवस्थामा प्रतिकूल असर नहुने गरी नेपालको दायित्वलाई पहिलो प्राथमिकता दिई पूरा गर्नु पर्नेछ ।

४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी बैङ्कको शाखाले थोक बैङ्किङ्ग कारोबार गर्न सक्नेछ ।

५) विदेशी बैङ्कको शाखा कार्यालयको काम कारबाही राष्ट्र बैङ्कले तोके बमोजिम हुनेछ ।

Share this Law

दफा ४०ः विदेशी बैङ्कको शाखा सम्बन्धी विशेष व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.