दफा ३५ः इजाजतपत्र दिन इन्कार गर्न सक्ने

Estimated reading: 0 minutes 350 views

१) दफा ३४ मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्र बैङ्कले देहायको कुनै अवस्थामा बैङ्क वा वित्तीय संस्थालाई बैङ्किङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न इजाजतपत्र दिन इन्कार गर्न सक्नेछ ः–

(क) नेपालको वित्तीय प्रणालीको स्थायित्व, स्वच्छ प्रतिस्पर्धा र विश्वसनीयता उपर प्रतिकूल असर पर्ने भएमा,

(ख) निक्षेपकर्ताको हित संरक्षणको निमित्त वित्तीय कारोबार सञ्चालन गर्न इजाजतपत्र दिन उचित र उपयुक्त नहुने भएमा,

(ग) बैङ्किङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्ने पूर्वाधार पूरा नभएमा,

(घ) यस ऐन बमोजिमका अन्य विवरण वा शर्तहरु पूरा भएको नदेखिएमा ।

२) यस दफा बमोजिम बैङ्किङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न इजाजतपत्र दिन नसकिने अवस्था भएमा राष्ट्र बैङ्कले सोको कारण खुलाई निवेदन परेको मितिले नब्बे दिनभित्र सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई सो को सूचना दिनु पर्नेछ ।

Share this Law

दफा ३५ः इजाजतपत्र दिन इन्कार गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.