दफा ३४ः बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र दिन सक्ने

Estimated reading: 0 minutes 335 views

१) दफा ३३ बमोजिम प्राप्त निवेदन र सो साथ संलग्न कागजात वा विवरणहरूको जाँचबुझ गर्दा यस ऐन बमोजिम बैकिङ्ग तथा वित्तीय कारोबार गर्न सबै आधार पुगेको पाएमा राष्ट्र बैङ्कले निवेदन प्राप्त भएको एक सय बीस दिनभित्र त्यस्तो बैङ्क वा वित्तीय संस्थालाई दफा ३७ बमोजिमको बैङ्क वा वित्तीय संस्थाको वर्गीकरणको आधारमा बैकिङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न कुनै एक वर्गको इजाजतपत्र दिन सक्नेछ ।

२) उपदफा (१) बमोजिम इजाजतपत्र दिनु अघि राष्ट्र बैङ्कले देहायका कुराहरूको यकिन गर्नु पर्नेछ ;

(क) बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र दिँदा स्वस्थ प्रतिस्पर्धात्मक र वित्तीय मध्यस्थता सम्बन्धी कारोबार प्रभावकारी भई निक्षेपकर्ताको हित हुने,

(ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा दिइएको आदेश वा निर्देशन तथा प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैङ्किङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न सक्षम रहेको,

(ग) दफा ३३ बमोजिम इजाजतपत्रको लागि दिएको निवेदन साथ संलग्न विवरण तथा कागजात पूर्ण रहेको तथा पर्याप्त भौतिक पूर्वाधार भएको,

(घ) बैङ्क वा वित्तीय संस्थामा नियुक्त वा संलग्न भएको वा नियुक्त गरिने वा संलग्न हुने कुनै पनि पदाधिकारी बैङ्किङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न सक्षम रहेको ।

३) राष्ट्र बैङ्कले बैङ्किङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्ने इजाजतपत्र दिँदा इजाजतपत्र लागू हुने मिति तोकेकोमा सोही मितिबाट र त्यस्तो मिति नतोकेकोमा इजाजतपत्र जारी भएको मितिबाट त्यस्तो इजाजतपत्र प्रारम्भ भएको मानिनेछ ।

Share this Law

दफा ३४ः बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.