दफा २५ः सञ्चालकको जानकारी तथा अभिलेख

Estimated reading: 0 minutes 309 views

१) सञ्चालकले आफू नियुक्ति भएको सात दिनभित्र बैङ्क वा वित्तीय संस्था समक्ष दफा २४ बमोजिमको विवरण पेश गर्नु पर्नेछ ।

२) बैङ्क वा वित्तीय संस्थाले उपदफा (१) बमोजिम पेश भएको विवरण छुट्टै अभिलेख गरी राख्नु पर्नेछ ।

३) सञ्चालक वा निजको परिवारको कुनै सदस्यको बैङ्क वा वित्तीय संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उल्लेख्य स्वामित्व वा अन्य कुनै पनि प्रकारको स्वार्थ रहेमा त्यस्तो सञ्चालकले सो कुराको जानकारीको पूर्ण विवरण सञ्चालक समितिको पहिलो बैठकमा दिनु पर्नेछ ।

४) सञ्चालकले आफ्नो कुनै स्वार्थसँग सम्बन्धित विषयमा सञ्चालक समिति वा अन्य कुनै उपसमितिको बैठकमा छलफल हुँदा बैठकको प्रारम्भमा नै त्यस्तो स्वार्थको बारेमा जानकारी गराउनु पर्नेछ र त्यस्तो विषयमा हुने छलफल वा मतदानबाट अलग रहनु पर्नेछ ।

५) उपदफा (१) बमोजिमको विवरण परिवर्तन भएमा वा सञ्चालक हेरफेर भएमा त्यसको सूचना पन्ध्र दिनभित्र राष्ट्र बैङ्कमा पठाउनु पर्नेछ ।

६) उपदफा (५) मा उल्लिखित जानकारीको सम्बन्धमा जाँचबुझ गर्न आवश्यक देखेमा सो उपर जाँचबुझ गर्ने गराउने अधिकार राष्ट्र बैङ्कलाई हुनेछ ।

Share this Law

दफा २५ः सञ्चालकको जानकारी तथा अभिलेख

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.