दफा २४ः सञ्चालकको विवरण लिनु पर्ने

Estimated reading: 0 minutes 330 views

बैङ्क वा वित्तीय संस्थाले सञ्चालकको देहाय बमोजिमको विवरण लिनु पर्नेछ ;

(क) सञ्चालकको नाम, थर, ठेगाना, शैक्षिक योग्यता, पेशा र अनुभव,

(ख) अन्य कुनै निकायको सञ्चालक, पदाधिकारी वा कर्मचारी भई काम गरेको भए सोको दर्जा र जिम्मेवारी उल्लेख गरिएको विवरण,

(ग) सञ्चालकको परिवारको नाम, थर एवं सम्बद्ध व्यक्तिको विवरण तथा बैङ्क वा वित्तीय संस्था र अन्य निकायमा निज र निजको परिवारको वित्तीय स्वार्थ, निज र निजको परिवारको नाममा रहेको उक्त संस्थाको शेयर स्वामित्व,

(घ) सञ्चालक वा निजको परिवारले बैङ्क वा वित्तीय संस्था वा त्यसको मुख्य वा सहायक कम्पनीमा लिएको शेयर वा डिबेञ्चरको विवरण,

(ङ) परिवारको कुनै सदस्य बैङ्क वा वित्तीय संस्थामा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहेको भए सोको विवरण,

(च) बैङ्क वा वित्तीय संस्थासँग निज वा निजको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको वा गर्न लागेको भए सोको विवरण,

(छ) कार्यकारी प्रमुख, कम्पनी सचिव तथा लेखापरीक्षकको नियुक्तिको सम्बन्धमा कुनै प्रकारको स्वार्थ वा सरोकार भए सोको विवरण,

(ज) सञ्चालकको वित्तीय तथा व्यावसायिक पृष्ठभूमिको सम्बन्धमा जाँचबुझ गर्न वा गराउन वा त्यस्तो सूचना तथा जानकारी आदान प्रदान गर्न गराउन राष्ट्र बैङ्कलाई दिएको लिखित अख्तियारी,

(झ) यस ऐन बमोजिम सञ्चालक हुन योग्य रहेको स्वघोषणा,

(ञ) राष्ट्र बैङ्क तथा सञ्चालक समितिलाई जानकारी गराउनु पर्ने भनी राष्ट्र बैङ्कले समय समयमा  तोकिदिएको अन्य विवरण ।

Share this Law

दफा २४ः सञ्चालकको विवरण लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.