परिच्छेद–४ सञ्चालक समिति र कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था

दफा १७ः स्वतन्त्र सञ्चालकको योग्यता

Estimated reading: 1 minute 102 views

बैङ्क वा वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकको नियुक्ति गर्दा देहायको योग्यता तथा अनुभव प्राप्त व्यक्ति मध्येबाट गर्नु पर्नेछ ;

(क) ‘क’ वर्गको बैङ्क वा ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैङ्कको हकमा राष्ट्र बैङ्कले तोकेकोविषयमा स्नातकोत्तर गरी राष्ट्र बैङ्कले तोके बमोजिम अनुभव प्राप्त व्यक्ति,

(ख) ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैङ्क बाहेक ‘ख’ वर्गको अन्य विकास बैङ्क एवं ‘ग’ वर्गको वित्तीय संस्थाको हकमा राष्ट्र बैङ्कले तोकेको विषयमा स्नातक गरी राष्ट्र बैङ्कले तोके बमोजिम अनुभव प्राप्त व्यक्ति,

(ग) ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको हकमा राष्ट्र बैङ्कले तोके बमोजिम योग्यता तथा अनुभव प्राप्त व्यक्ति ।

Share this Law

दफा १७ः स्वतन्त्र सञ्चालकको योग्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.