दफा ९ः शेयरको बाँडफाँट

Estimated reading: 0 minutes 333 views

१) बैङ्क वा वित्तीय संस्थाले आफ्नो कूल जारी पूँजीको कम्तीमा तीस प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री वितरण गर्नको लागि छुट्याउनु पर्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सर्वसाधारण” भन्नाले प्राकृतिक व्यक्तिलाई सम्झनु पर्छ ।

२) उपदफा (१) बमोजिम सर्वसाधारणलाई छुट्याएको शेयर तोकिएको अवधिभित्र सर्वसाधारणलाई बिक्री वितरण गर्नु पर्नेछ । यसरी बिक्री गर्दा बिक्री नभएको त्यस्तो शेयर अन्य फर्म, कम्पनी वा संस्थालाई बिक्री वितरण गर्न सकिनेछ ।

३) बैङ्क तथा वित्तीय संस्थाले उपदफा (१) मा उल्लिखित हद बाहेकको ०.५ प्रतिशत शेयर कर्मचारीको लागि छुट्याउन सक्नेछ ।

४) बैङ्क वा वित्तीय संस्थाले चाहेमा राष्ट्र बैङ्कले तोकेको प्रक्रिया पुरा गरी संस्थापक शेयर समूहको स्वामित्व एकाउन्न प्रतिशतभन्दा कम नहुने गरी बाँकी अंश सर्वसाधारण शेयर समूहमा परिणत गर्न सक्नेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि,

(क) “संस्थापक शेयर समूह” भन्नाले राष्ट्र बैङ्कले तोकेको संस्थापक शेयर समूह सम्झनु पर्छ ।

(ख) “सर्वसाधारण शेयर समूह” भन्नाले संस्थापक शेयर समूह बाहेकको अन्य शेयर समूह सम्झनु पर्छ ।

५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको उल्लेख्य स्वामित्वमा संस्थापना हुने बैङ्क वा वित्तीय संस्था तथा पूर्वाधार विकास बैङ्कको हकमा शेयर स्वामित्वको अनुपात उपदफा (१) बमोजिम हुन आवश्यक पर्ने छैन ।

६) कुनै विदेशी बैङ्क वा वित्तीय संस्था वा अन्य कुनै विदेशी संस्थाको संयुक्त लगानीमा संस्थापना भएको बैङ्क वा वित्तीय संस्था वा पूर्वाधार विकास बैङ्कले राष्ट्र बैङ्कले तोके बमोजिमको शेयर सर्वसाधारणलाई बिक्री वितरण गर्नु पर्नेछ ।

७) बैङ्क वा वित्तीय संस्थाको शेयर खरिदको लागि सर्वसाधारणबाट दरखास्त आह्वान गर्दा शेयरको अंकित मूल्यको शत प्रतिशत रकम दरखास्त साथ माग गर्नु पर्नेछ ।

Share this Law

दफा ९ः शेयरको बाँडफाँट

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.