दफा ११ः शेयर बिक्री वा धितोबन्धक सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 340 views

१) बैङ्क वा वित्तीय संस्थाको संस्थापकले वित्तीय कारोबार सञ्चालन गरेको कम्तीमा पाँच वर्ष नपुगेसम्म आफ्नो नाममा रहेको शेयर बिक्री गर्न वा धितोबन्धक राख्न पाउने छैन ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बैङ्क वा वित्तीय संस्थाको सञ्चालनमा कुनै बाधा व्यवधान उत्पन्न भई विशेष परिस्थितिको सिर्जना हुन गएमा वा संस्थापक अन्य बैङ्क वा वित्तीय संस्थाको वित्तीय कारोबारमा कालो सूचीमा समावेश हुन पुगेमा राष्ट्र बैङ्कको स्वीकृति लिई संस्थापकहरूबीच एक आपसमा शेयर खरिद वा बिक्री गर्न सकिनेछ ।

स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “विशेष परिस्थिति” भन्नाले गणपूरक संख्याको अभावले सञ्चालक समितिको बैठक लगातार तीन पटकसम्म बस्न नसकेको वा सञ्चालकको आपसी विवादको कारणले कुनै पनि निर्णयमा पुग्न नसकेको अवस्था सम्झनु पर्छ ।

३) संस्थापकले बैङ्क वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको मितिले पाँच वर्ष पुगेपछि र सर्वसाधारणमा शेयर जारी गरेपछि आफ्नो नाममा रहेको शेयर बिक्री गर्न वा धितोबन्धक राख्न चाहेमा राष्ट्र बैङ्कको स्वीकृति लिई बिक्री गरेको त्यस्तो शेयर संस्थापक समूहमा नै रहने गरी बिक्री गर्न वा धितोबन्धक राख्न सक्नेछ ।

तर चुक्ता पूँजीको दुई प्रतिशतभन्दा कम शेयर धारण गर्ने संस्थापकले आफ्नो शेयर बिक्री वा धितो बन्धक राख्दा राष्ट्र बैङ्कको स्वीकृति लिन आवश्यक पर्ने छैन ।

४) दफा ९ को उपदफा (१) र उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्क वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको दश वर्ष पुगेपछि पूँजी बजार, बैङ्किङ्ग लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई विचार गरी राष्ट्र बैङ्कको स्वीकृतिमा संस्थापक शेयर क्रमशः सर्वसाधारण शेयरमा परिणत गर्न सक्नेछ ।

५) संस्थापकको शेयर कुनै कम्पनी वा संगठित संस्थाले लिएको अवस्थामा त्यस्तो कम्पनी वा संगठित संस्थाको उल्लेख्य स्वामित्व भएका सेयरधनीहरूमा हेरफेर, शेयर बिक्री वा हस्तान्तरण गर्नु अघि राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिनु पर्नेछ ।

तर बैङ्क वा वित्तीय संस्थाको चुक्ता पूँजीको दुई प्रतिशतभन्दा कम शेयर धारण गर्ने कम्पनी वा संगठित संस्थाले शेयर बिक्री वा हस्तान्तरण गर्नु अघि राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिन आवश्यक पर्ने छैन ।

Share this Law

दफा ११ः शेयर बिक्री वा धितोबन्धक सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.