परिच्छेद–३ धितोपत्रको कारोबार सम्बन्धी व्यवस्था

दफा १०ः धितोपत्र कारोबार

Estimated reading: 0 minutes 105 views

१) बैङ्क वा वित्तीय संस्थाले आफ्नो धितोपत्र सर्वसाधारणलाई निष्काशन गर्दा त्यस्तो धितोपत्रको बिक्री, बाँडफाँट, विनिमेय सम्बन्धी कार्य धितोपत्र सम्बन्धी प्रचलित कानुन बमोजिम गर्नु पर्नेछ ।

२) बैङ्क वा वित्तीय संस्थाले कुनै धितोपत्र व्यवसायी संस्था मार्फत धितोपत्र कारोबार गर्ने सम्बन्धमा गरेको सम्झौताको एक प्रति त्यस्तो सम्झौता भएको मितिले सात दिनभित्र राष्ट्र बैङ्क समक्ष बुझाउनु पर्नेछ ।

३) बैङ्क वा वित्तीय संस्थाले कुनै पनि प्रकारको डिबेञ्चर वा वित्तीय उपकरण जारी गर्दा राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिनु पर्नेछ ।

४) उपदफा (३) बमोजिमको स्वीकृति दिँदा राष्ट्र बैङ्कले आवश्यक शर्त तोक्न सक्नेछ र त्यस्तो शर्तको पालना गर्नु सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको कर्तव्य हुनेछ ।

Share this Law

दफा १०ः धितोपत्र कारोबार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.