दफा ४ः बैङ्क वा वित्तीय संस्थाको संस्थापना गर्नु पूर्व स्वीकृति लिनु पर्ने

Estimated reading: 0 minutes 373 views

१) दफा ३ को प्रयोजनको लागि बैङ्क वा वित्तीय संस्था प्रचलित कानुन बमोजिम दर्ता गर्न निवेदन दिनु अघि सम्बन्धित व्यक्ति वा संस्थाले देहायका कागजात संलग्न गरी राष्ट्र बैङ्कले तोकेको दस्तुर सहित पूर्व स्वीकृतिको लागि राष्ट्र बैङ्क समक्ष निवेदन दिनु पर्नेछ ;

(क) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको प्रबन्धपत्र,

(ख) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको नियमावली,

(ग) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको सम्भाव्यता अध्ययन प्रतिवेदन,

(घ) राष्ट्र बैङ्कले तोकेको ढाँचामा निवेदकको व्यक्तिगत विवरण,

(ङ) प्रस्तावित बैङ्क वा वित्तीय संस्था संस्थापना गर्न निवेदकबीच कुनै सम्झौता भएको रहेछ भने त्यस्तो सम्झौताको प्रमाणित प्रतिलिपि,

(च) निवेदकको लगानीको श्रोत खुलेको विवरण र यस दफा बमोजिम निवेदन दिनु भन्दा तत्काल अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता गरेको प्रमाण,

(छ) निवेदक नेपाल वा विदेशमा दामासाहीमा परे नपरेको, कुनै बैङ्क वा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको, बैङ्क वा वित्तीय संस्थानसँगको कुनै कारोबारमा कालो सूचीमा परे नपरेको, परेको भए सो फुकुवा भई तीन वर्षको अवधि व्यतित भए नभएको विवरण,

(ज) निवेदकको विरुद्ध ठगी, जालसाजी, वा प्रचलित कानुन बमोजिम कसुर मानिने कार्यमा नेपाल वा विदेशमा कुनै कारबाही नचलेको एवं त्यस्तो कसुरजन्य कार्यमा सजाय नपाएको स्वघोषणा,

(झ) निवेदक नेपाल वा विदेशको कुनै पनि नियमनकारी वा सुपरिवेक्षण गर्ने निकाय वा अधिकारीबाट कारबाहीमा परे नपरेको, निज संलग्न रहेको कम्पनी वा संस्थाको इजाजतपत्र निलम्बन वा रद्द भएको वा बाध्यात्मक खारेजीमा परेको वा पर्ने क्रममा रहे नरहेको विवरण,

(ञ) निवेदकको परिवारको सदस्यको नाम, थर र नाता तथा उल्लेख्य स्वामित्व वा उल्लेख्य हैसियतको विवरण र निजहरू कुनै संस्थामा सञ्चालक, पदाधिकारी वा कर्मचारी भई काम गरेको भए प्रत्येक व्यक्तिको दर्जा समेत उल्लेख गरिएको विवरण,

तर, निवेदक संगठित संस्था भएमा सो संगठित संस्थामा उल्लेख्य स्वामित्व वा हैसियत राख्ने व्यक्तिको विवरण, पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण र सो संगठित संस्थाको कर चुक्ता प्रमाणपत्र समेत संलग्न गर्नु पर्नेछ ।

(ट) निवेदकको वित्तीय तथा व्यावसायिक पृष्ठभूमिको सम्बन्धमा जाँचबुझ गर्न वा गराउन वा त्यस्तो सूचना तथा जानकारी आदान प्रदान गर्न गराउन राष्ट्र बैङ्कलाई दिएको लिखित अख्तियारी,

(ठ) राष्ट्र बैङ्कबाट तोकिएको सीमासम्मको निक्षेप सुरक्षण गर्ने प्रतिबद्धता,

(ड) राष्ट्र बैङ्कले समय समयमा तोकिदिएको अन्य विवरण तथा कागजात ।

२) उपदफा (१) बमोजिम पूर्व स्वीकृतिको लागि प्राप्त निवेदन र सो साथ संलग्न कागजातको जाँचबुझ गर्दा स्वीकृति दिन उपयुक्त हुने देखेमा राष्ट्र बैङ्कले कुनै शर्त तोकी वा नतोकी त्यसरी निवेदन पर्न आएको एकसय बीस दिनभित्र त्यस्तो बैङ्क वा वित्तीय संस्था संस्थापना गर्न पूर्व स्वीकृति दिन सक्नेछ ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका व्यक्ति र निजको परिवारको सदस्यको उल्लेख्य स्वामित्व भएको फर्म वा कम्पनीलाई बैङ्क वा वित्तीय संस्था संस्थापना गर्न पूर्व स्वीकृति दिइने छैन ;

(क) राष्ट्र बैङ्कको नियमनकारी कारबाहीमा परेको,

(ख) बैङ्किङ्ग कसुरमा सजाय पाएको,

(ग) ठगी, जालसाजी, किर्तेमा सजाय पाएको,

(घ) सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसुरमा सजाय पाएको,

(ङ) भ्रष्टाचार सम्बन्धी कसुरमा सजाय भएको,

(च) मानव बेचबिखन, अपहरण, शरीरबन्धक, जवरजस्ती करणी जस्ता गम्भीर प्रकृतिका कसुरमा सजाय पाएको ।

Share this Law

दफा ४ः बैङ्क वा वित्तीय संस्थाको संस्थापना गर्नु पूर्व स्वीकृति लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.