दफा १३३ः विनियमावली तथा कार्यविधि बनाउने अधिकार

Estimated reading: 0 minutes 300 views

१) यो ऐन वा यस ऐन अन्तर्गत राष्ट्र बैङ्कले तोकिदिएको शर्त, सीमा तथा मापदण्डको अधीनमा रही बैङ्क वा वित्तीय संस्थाको संस्थागत, प्रशासनिक तथा व्यावसायिक कारोबार सुव्यवस्थित रूपले सञ्चालन गर्न सञ्चालक समितिले राष्ट्र बैङ्कको स्वीकृति लिई देहायका विषयमा विनियमावली बनाउन सक्नेछ ;

(क) कर्मचारीको नियुक्ति, बढुवा, सरुवा, बर्खास्ती, तलब, भत्ता, उपदान, निवृत्तभरण, विदा, आचरण, अनुशासन तथा सेवाका शर्त र त्यस्तो सेवाको गठनको सम्बन्धमा,

(ख) बैङ्क वा वित्तीय संस्थाको आर्थिक प्रशासन सम्बन्धमा,

(ग) कर्जा अपलेखन गर्ने सम्बन्धमा,

(घ) राष्ट्र बैङ्कले समय समयमा तोकिदिएका अन्य विषयका सम्बन्धमा ।

२) उपदफा (१) मा उल्लिखित विषयहरूमा बाहेक बैङ्क वा वित्तीय संस्थाले देहायका विषयमा आवश्यकता अनुसार कार्यविधि बनाउन सक्नेछ ;

(क) सञ्चालक समितिको बैठक र साधारण सभाको कार्यविधिका सम्बन्धमा,

(ख) सञ्चालक समितिले सञ्चालक, कार्यकारी प्रमुख, पदाधिकारी वा कर्मचारीलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धमा,

(ग) बैङ्क वा वित्तीय संस्थाका तर्फबाट गरिने करार सम्बन्धी शरतहरूको सम्बन्धमा,

(घ) बैङ्क वा वित्तीय संस्थाको छाप प्रयोगको कार्यविधिका सम्बन्धमा,

(ङ) कर्जा दिँदा राख्ने धितो सुरक्षण वा लिलाम बिक्री गर्नु पर्ने गैर बैङ्किङ्ग सम्पत्तिको मूल्याङ्कन सम्बन्धमा,

(च) यस ऐन बमोजिम बैङ्क वा वित्तीय संस्थाले गर्नु पर्ने अन्य काम कारबाहीको विषयको सम्बन्धमा,

(छ) कागजात धुल्याउने विषयका सम्बन्धमा,

(ज) राष्ट्र बैङ्कले समय समयमा तोकिदिएका अन्य विषयका सम्बन्धमा ।

Share this Law

दफा १३३ः विनियमावली तथा कार्यविधि बनाउने अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.