परिच्छेद–१४ विविध

दफा १२६ः अध्ययन समिति तथा उपसमिति गठन गर्न सकिने

Estimated reading: 0 minutes 57 views

१) राष्ट्र बैङ्कले बैङ्किङ्ग तथा वित्तीय कानुन, कर्जा असुली, वित्तीय क्षेत्रको स्थायित्व एवं वित्तीय प्रणालीको समसामयिक सुधारका समग्र पक्षमा अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्र बैङ्क, बैङ्क वा वित्तीय संस्था तथा सम्बन्धित निकायका प्रतिनिधि एवं विज्ञहरू सम्मिलित एक विज्ञ अध्ययन समिति गठन गर्न सक्नेछ ।

२) राष्ट्र बैङ्कले उपदफा (१) को प्रयोजनको लागि आवश्यकता अनुसार उपसमितिहरू समेत गठन गर्न सक्नेछ ।

३) उपदफा (१) बमोजिमको अध्ययन समिति वा उपदफा (२) बमोजिमको उपसमितिको काम, कर्तव्य, अधिकार र सुविधाहरू राष्ट्र बैङ्कले तोके बमोजिम हुनेछ ।

Share this Law

दफा १२६ः अध्ययन समिति तथा उपसमिति गठन गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.