परिच्छेद–१४ विविध

दफा ११९ः छुट र सुविधा

Estimated reading: 0 minutes 47 views

१) कृषि, घरेलु तथा साना उद्योग, सिँचाइ, जल विद्युत उत्पादन तथा नेपाल सरकारले तोकेको अन्य कुनै व्यवसायको निमित्त बैङ्क वा वित्तीय संस्थाले नेपाली नागरिक वा प्रचलित कानुन बमोजिम संस्थापित संस्थालाई दिने बढीमा दश लाख रुपैयाँसम्मको चल अचल सम्पत्तिको धितोको लिखत रजिष्ट्रेशन गर्नु पर्ने छैन ।

२) कर्जा र निक्षेपको भाखा बैङ्क वा वित्तीय संस्थाले तोके बमोजिम हुनेछ ।

३) बैङ्क वा वित्तीय संस्थासँग सम्बन्धित कुनै पनि किसिमको लिखतमा आय टिकट दस्तुर लाग्ने छैन ।

Share this Law

दफा ११९ः छुट र सुविधा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.