दफा ११०ः खाता रोक्का राख्न निर्देशन दिन सक्ने

Estimated reading: 0 minutes 300 views

१) देहायको अवस्थामा कुनै बैङ्क वा वित्तीय संस्थामा रहेको खाताबाट कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाममा कुनै पनि किसिमले भुक्तानी दिन वा रकमान्तर गर्न नपाउने गरी खाता रोक्का राख्न राष्ट्र बैङ्कले सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई कुनै पनि बखत निर्देशन दिन सक्नेछ ;

(क) कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकार प्राप्त अधिकारीले राष्ट्र बैङ्क समक्ष अनुरोध गरेमा,

(ख) सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसुरलाई निवारण गर्न, भ्रष्टाचार, संगठित अपराध तथा बैङ्किङ्ग तथा वित्तीय संस्थाको कारोबारमा हुन सक्ने कसुरजन्य कार्यको नियन्त्रण गरी राष्ट्रिय हित कायम राख्न ।

२) उपदफा (१) बमोजिम राष्ट्र बैङ्कले दिएको निर्देशनको पालना गर्नु सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको कर्तव्य हुनेछ ।

Share this Law

दफा ११०ः खाता रोक्का राख्न निर्देशन दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.