परिच्छेद–१४ विविध

दफा १०७ः पूर्वाधार विकास बैङ्क सम्बन्धी विशेष व्यवस्था

Estimated reading: 0 minutes 50 views

१) राष्ट्र बैङ्कले पूर्वाधार विकास बैङ्कको स्थापना, सञ्चालन, नियमन, सुपरिवेक्षण, कारबाही, गाभ्ने गाभिने, प्राप्ति गर्ने वा खारेजीका सम्बन्धमा पूर्वाधार विकास बैङ्कको प्रकृति, परिमाण तथा लगानीलाई आधार मानी छुट्टै विशेष नीतिगत व्यवस्था गर्न वा निर्देशन दिन सक्नेछ ।

२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पूर्वाधार विकास बैङ्कको संस्थापक वा शेयरधनीले लिने अधिकतम शेयर वा कुनै विदेशी बैङ्क, वित्तीय संस्था वा अन्य संगठित संस्थाले त्यस्तो बैङ्कको शेयर, डिबेञ्चर वा अन्य वित्तीय उपकरणमा लगानी गर्ने सीमा राष्ट्र बैङ्कले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ ।

Share this Law

दफा १०७ः पूर्वाधार विकास बैङ्क सम्बन्धी विशेष व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.