परिच्छेद–१३ कारबाही, कसुर तथा दण्ड सजाय सम्बन्धी व्यवस्था

दफा १०१ः कारबाहीको कार्यविधि

Estimated reading: 0 minutes 89 views

१) यस ऐनमा अन्यथा लेखिएकोमा बाहेक दफा ९९ बमोजिम कारबाही वा दफा १०० बमोजिम जरिबाना गर्दा राष्ट्र बैङ्कले देहायको कार्यविधि अवलम्बन गर्नु पर्नेछ ;

(क) प्रस्तावित कारबाही वा जरिबाना गर्नु अघि आरोपित बैङ्क वा वित्तीय संस्था वा व्यक्तिलाई प्रस्तावित जरिबाना वा कारबाहीको बारेमा निजले गरेको कार्यको प्रकृति, सोको संक्षिप्त व्यहोरा तथा सो अनुरूप लगाउन सकिने जरिबानाको रकम वा प्रस्तावित कारबाही समेत उल्लेख गरी आफ्नो सफाइ पेश गर्ने सात दिनको म्याद दिई लिखित सूचना दिनु पर्नेछ ।

(ख) खण्ड (क) बमोजिम लिखित सूचना प्राप्त गरेको मितिले सात दिनभित्र सम्बन्धित बैङ्क वा वित्तीय संस्था वा व्यक्तिले आफ्नो सफाइ लिखित रूपमा पेश गर्नु पर्नेछ ।

(ग) खण्ड (ख) बमोजिम पेश भएको लिखित सफाइ मनासिब देखिएमा राष्ट्र बैङ्कले त्यस्तो आरोपलाई संशोधन, सीमित वा खारेज गर्न सक्नेछ ।

(घ) खण्ड (ख) बमोजिम पेश भएको लिखित सफाइ चित्त बुझ्दो नदेखिएमा त्यस्तो बैङ्क वा वित्तीय संस्था वा व्यक्तिलाई राष्ट्र बैङ्कले दफा ९९ बमोजिमको कारबाही वा दफा १०० बमोजिमको जरिबाना गर्नेछ ।

२) यस ऐन बमोजिम राष्ट्र बैङ्कले गर्ने कारबाही वा जरिबाना गर्दा अवलम्बन गर्नुपर्ने अन्य कार्यविधि राष्ट्र बैङ्कले तोके बमोजिम हुनेछ ।

Share this Law

दफा १०१ः कारबाहीको कार्यविधि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.