दफा १००ः जरिबाना गर्न सक्ने

Estimated reading: 0 minutes 333 views

१) यो ऐन वा राष्ट्र बैङ्क ऐन वा सो अन्तर्गत जारी गरेको नियम, विनियम, निर्देशन वा आदेश बमोजिम दिनु पर्ने जानकारी नदिने वा पेश गर्नु पर्ने कागजात तथा विवरण तोकिएको समयभित्र पेश नगर्ने वा अनुगमन, निरीक्षण वा सुपरिवेक्षण गर्दा राष्ट्र बैङ्क वा सो कार्यका लागि राष्ट्र बैङ्कबाट खटिएको कुनै अधिकारीले माग गरेको कागजपत्र, विवरण, तथ्याङ्क वा अभिलेख तोकेको अवधिभित्र उपलब्ध नगराउने बैङ्क वा वित्तीय संस्थालाई राष्ट्र बैङ्कले देहाय बमोजिम जरिबाना गर्न सक्नेछ ;

(क) म्याद नाघेको दुई हप्तासम्म दैनिक एकलाख रुपैयाँ,

(ख) म्याद नाघेको एक महिनासम्म दैनिक एकलाख पच्चीस हजार रुपैयाँ,

(ग) खण्ड (ख) को अवधि नाघेपछि जहिले सुकै भएपनि दैनिक एकलाख पचास हजार रुपैयाँ।

२) बैङ्क वा वित्तीय संस्थाको संस्थापक, शेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी वा अन्य कुनै सम्बन्धित व्यक्तिले यो ऐन वा राष्ट्र बैङ्क ऐन वा सो अन्तर्गत जारी भएको नियम, विनियम वा दिइएको निर्देशन वा आदेश वा शर्तको उल्लंघन गरेमा वा राष्ट्र बैङ्कले दफा ९९ को उपदफा (३) को खण्ड (ख) बमोजिम दिएको निर्देशन कार्यान्वयन नगरेमा राष्ट्र बैङ्कले उल्लंघनको प्रकृति तथा गाम्भिर्य हेरी दश लाख रुपैयाँ सम्म जरिबाना गर्न सक्नेछ ।

३) उपदफा (१) बमोजिम गरिएको जरिबानाको रकम बैङ्क वा वित्तीय संस्थाले निर्णयको जानकारी पाएको मितिले तीन दिनभित्र राष्ट्र बैङ्कलाई नबुझाएमा त्यस्तो बैङ्क वा वित्तीय संस्थाले राष्ट्र बैङ्कमा खोलेको खातामा रहेको रकमबाट कट्टा गरी असुल उपर गरिनेछ ।

४) उपदफा (१) र (२) बमोजिम राष्ट्र बैङ्कलाई प्राप्त हुने नगद जरिबाना सरकारी कोषमा दाखिला गर्नुपर्नेछ ।

Share this Law

दफा १००ः जरिबाना गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.