परिच्छेद–१२ बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी

दफा ८५ः कारोबार अन्त्य गर्न सक्ने

Estimated reading: 0 minutes 88 views

१) लिक्विडेटरले बैङ्क वा वित्तीय संस्थाका बाध्यात्मक खारेजीको काम कारबाही प्रारम्भ गर्न अदालतले आदेश दिएको मितिले छ महिनाभित्र त्यस्तो बैङ्क वा वित्तीय संस्थाको निम्न कारोबार अन्त्य गर्न सक्नेछ ;

(क) बैङ्क वा वित्तीय संस्थाले गरेको रोजगारी सम्बन्धी कुनै करार,

(ख) बैङ्क वा वित्तीय संस्था पक्ष भएको कुनै पनि सेवा बापत गरिएको करार,

(ग) बैङ्क वा वित्तीय संस्थाले संरक्षक (ट्रष्टी) को हैसियतमा गर्दै आएका सम्पूर्ण कार्य तथा करार,

(घ) आवश्यकता र परिस्थिति बमोजिम बैङ्क वा वित्तीय संस्था वा बैङ्क वा वित्तीय संस्थाका शाखा कार्यालयका कुनै पनि नियमित काम कारबाही,

(ङ) कुनै सीमा बिना बैङ्क वा वित्तीय संस्थाले दायित्व बहन गर्नु पर्ने भनी भए गरेका कुनै पनि दायित्व,

(च) राष्ट्र बैङ्कले तोकेको अन्य काम कारबाही ।

२) उपदफा (१) बमोजिम अन्त्य भएका कुनै पनि काम कारोबार बापत त्यस्तो कारोबार अन्त्य गरिएको दिन सम्मको बैङ्क वा वित्तीय संस्थाले तिर्नु बुझाउनु वा बहन गर्नु पर्ने दायित्व बाहेक अन्य कुनै पनि किसिमको थप रकम तथा क्षतिपूर्ति दाबी गर्न पाइने छैन ।

Share this Law

दफा ८५ः कारोबार अन्त्य गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.