दफा ८४ः सम्पत्ति तथा दायित्वको लगत

Estimated reading: 0 minutes 315 views

१) लिक्विडेटरले यस ऐन बमोजिम बाध्यात्मक खारेजीमा गएको बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति, दायित्व वा सम्भाव्य दायित्वको अविलम्ब लगत तयार गरी एक प्रति राष्ट्र बैङ्क समक्ष बुझाई एक प्रति सम्बन्धित बैङ्क वा वित्तीय संस्थामा राख्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिमको लगतमा देहाय बमोजिमको विवरण समावेश गर्नु पर्नेछ ;

(क) बैङ्क वा वित्तीय संस्थाको निक्षेपकर्ता तथा साहुहरू प्रतिको दायित्व,

(ख) बैङ्क वा वित्तीय संस्थाको सम्पूर्ण सम्पत्ति तथा सबै प्रकारका दायित्वको विवरण र सोको अनुमानित मूल्य,

(ग) बैङ्क वा वित्तीय संस्थाले सेवा प्राप्त गर्न गरेको करार,

(घ) बाध्यात्मक खारेजीको प्रक्रियामा जाने आदेश हुनुभन्दा छ महिना अघिको अवधिमा बैङ्क वा वित्तीय संस्थाले गरेको महत्वपूर्ण कारोबार ।

३) उपदफा (१) बमोजिमको लगतलाई लिक्वीडेटरले त्रैमासिक रूपमा अद्यावधिक गर्नु पर्नेछ र साहुहरुले निरीक्षण गर्न चाहेको बखत उपलब्ध गराउनु पर्नेछ ।

Share this Law

दफा ८४ः सम्पत्ति तथा दायित्वको लगत

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.