दफा ७५ः बैङ्क वा वित्तीय संस्थाको स्वेच्छिक खारेजी

Estimated reading: 0 minutes 304 views

१) स्वेच्छिक खारेजीमा जान चाहने कुनै बैङ्क वा वित्तीय संस्थाले स्वेच्छिक खारेजीको कार्ययोजना सहित राष्ट्रबैङ्क समक्ष निवेदन पेश गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम पेश हुन आएको निवेदन उपर जाँचबुझ गरी त्यस्तो बैङ्क वा वित्तीय संस्था वा विदेशी बैङ्क वा वित्तीय संस्थाको नेपालस्थित शाखा वा कार्यालयले आफ्नो ऋण तथा दायित्व पूर्ण रूपमा भुक्तानी गर्न सक्षम छ भन्ने कुरामा राष्ट्र बैङ्क विश्वस्त भएमा राष्ट्र बैङ्कले शर्तसहित स्वेच्छिक खारेजीको सैद्धान्तिक सहमति दिन सक्नेछ ।

३) उपदफा (२) बमोजिम राष्ट्र बैङ्कबाट सैद्धान्तिक सहमति प्राप्त गर्ने बैङ्क वा वित्तीय संस्थाले देहाय बमोजिमका कार्यहरू गर्नु पर्नेछ ;

(क) सैद्धान्तिक सहमति प्राप्त गरेको मितिले सात दिनभित्र कम्पनी रजिष्ट्रारको कार्यालयमा सोको जानकारी दर्ता गराउने,

(ख) सैद्धान्तिक सहमति प्राप्त गरेको मितिले तीस दिनभित्र सम्पूर्ण निक्षेपकर्ता, साहु वा सम्बन्धित व्यक्तिहरूलाई छिटो, छरितो र विश्वसनीय माध्यमबाट सोको सूचना पठाउने,

(ग) सैद्धान्तिक सहमति प्राप्त गरेको मितिले तीस दिनभित्र राष्ट्रियस्तरको दैनिक पत्रिकामा सो सम्बन्धी सूचना प्रकाशन गर्ने,

(घ) राष्ट्र बैङ्कले तोकेका अन्य कार्य गर्ने ।

Share this Law

दफा ७५ः बैङ्क वा वित्तीय संस्थाको स्वेच्छिक खारेजी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.