दफा ६९ः बैङ्क वा वित्तीय संस्था गाभ्न वा गाभिन वा प्राप्ति गर्न सक्ने

Estimated reading: 0 minutes 314 views

१) यो ऐन वा राष्ट्र बैङ्क ऐन बमोजिम तोकिएको प्रक्रिया पुरा गरी एउटा बैङ्क वा वित्तीय संस्था अर्को बैङ्क वा वित्तीय संस्थामा गाभ्न वा गाभिन वा एउटा बैङ्क वा वित्तीय संस्थाले अर्को बैङ्क वा वित्तीय संस्था प्राप्ति गर्न सक्नेछ ।

२) “घ” वर्गको वित्तीय संस्था सोही वर्गको वित्तीय संस्थासँग मात्र गाभ्न वा गाभिन वा प्राप्ति गर्न सक्ने छन्।

तर पूर्वाधार विकास बैङ्क र बैङ्क वा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन वा प्राप्ति गर्न सक्ने छैनन्।

३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्र बैङ्कको निरीक्षण सुपरिवेक्षण प्रतिवेदनबाट कुनै बैङ्क वा वित्तीय संस्थामा देहायको कुनै अवस्था रहेको पाइएमा सोको कारण खोली राष्ट्र बैङ्कले त्यस्तो बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति, दायित्व र व्यवसाय अर्को बैङ्क वा वित्तीय संस्थामा गाभ्न वा गाभिनका लागि आदेश दिन सक्नेछ ;

(क) पूँजीकोष अपर्याप्त रहेको वा विगत तीन वर्षदेखि वित्तीय स्थिति खस्कदै गएको,

(ख) निक्षेपकर्ताको हित तथा निक्षेपकर्ता प्रतिको दायित्वमा प्रतिकूल प्रभाव पर्ने कार्य गरेको वा त्यस्तो अवस्था विद्यमान रहेको,

(ग) वित्तीय प्रणालीको स्थायित्व, विकास र संवर्द्धनको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न आवश्यक भएको ।

४) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्र बैङ्कको निरीक्षण सुपरिवेक्षण प्रतिवेदनबाट कुनै बैङ्क वा वित्तीय संस्थामा देहायका कुनै अवस्था रहेको पाइएमा सोको कारण खोली राष्ट्र बैङ्कले बैङ्क वा वित्तीय संस्थालाई प्राप्ति गर्न वा गराउन आवश्यक निर्देशन वा सुझाव दिन सक्नेछ ;

(क) एकै समूहका व्यक्ति, फर्म, कम्पनीका एकभन्दा बढी बैङ्क वा वित्तीय संस्थाहरू सञ्चालनमा रही अस्वस्थ वित्तीय सम्बन्ध कायम रहेको,

(ख) बैङ्क वा वित्तीय संस्था यथास्थितिमा सञ्चालन गराउँदा त्यसको नकारात्मक प्रभावले निक्षेपकर्ता, सर्वसाधारण शेयरधनी, अन्य सेवाग्राहीको हक हित संरक्षण हुन नसक्ने देखिएको,

(ग) प्रणालीगत जोखिम बढ्दै गई इजाजतपत्र प्राप्त संस्थाहरूले दायित्व भुक्तानी गर्न सक्षम नरहेको,

(घ) निर्धारित समयमा सर्वसाधारण समूहमा शेयर निष्कासन नगरेको, निष्कासित शेयर बिक्री वितरण नभएको वा तोकिएको न्यूनतम समानुपातिक चुक्ता पूँजी नपुर्‍याएको,

(ङ) तीन पटक वा सो भन्दा बढी शीघ्र सुधारात्मक कारबाहीमा परेको वा इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिमा बारम्बार विवाद उत्पन्न भई सुशासनको अवस्था कमजोर भएको ।

५) उपदफा (३) वा (४) बमोजिम राष्ट्र बैङ्कले बैङ्क वा वित्तीय संस्था गाभ्न वा गाभिन वा प्राप्ति गर्न आदेश दिँदा त्यस्तो आदेशमा सोको प्रक्रिया समेत तोक्न सक्नेछ ।

Share this Law

दफा ६९ः बैङ्क वा वित्तीय संस्था गाभ्न वा गाभिन वा प्राप्ति गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.