प्रस्तावना

Estimated reading: 0 minutes 658 views

प्रमाणीकरण तथा प्रकाशन मिति

 २०७४।१।१०

संशोधन गर्ने ऐन

१) नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५           २०७५।११।१

२)मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गने ऐन, २०७५                     २०७६|१|२

संवत् २०७४ ऐन नं. १

बैङ्क तथा वित्तीय संस्था सम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको ऐन

प्रस्तावना मुलुकको समग्र बैङ्किङ्ग तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहितको संरक्षण र संवर्द्धन गर्न, बैङ्क तथा वित्तीय संस्थाहरुबीच स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैङ्किङ्ग तथा वित्तीय सेवा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रलाई सवल एवं सुदृढ बनाउन तथा वित्तीय स्थायित्व कायम गर्नको लागि बैङ्क तथा वित्तीय संस्थाको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी प्रचलित कानुनमा संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।

Share this Law

प्रस्तावना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.