परिच्छेद–४ सञ्चालक समिति र कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था

दफा २३ः सञ्चालकको जबाफदेही र उत्तरदायित्व

Estimated reading: 0 minutes 50 views

१) सञ्चालकले बैङ्क वा वित्तीय संस्था मार्फत वा बैङ्क वा वित्तीय संस्थाको कामको सिलसिलामा व्यक्तिगत लाभ लिने कुनै काम गर्न गराउन हुँदैन ।

२) बैङ्क वा वित्तीय संस्थाको सञ्चालकको हैसियतले काम गर्ने सञ्चालक आफ्नो अधिकारक्षेत्र नाघी गरेको कुनै पनि काम कारबाही प्रति स्वयं उत्तरदायी हुनेछ ।

३) बैङ्क वा वित्तीय संस्थाको सञ्चालकले संस्थाको कुशल व्यावसायिक रणनीतिको अवलम्बन गरी जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण गर्ने सम्बन्धमा उत्तरदायित्व लिनु पर्नेछ ।

४) सञ्चालकले बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापनको दैनिक काम कारबाहीमा हस्तक्षेप गर्नु हुँदैन ।

५) सञ्चालकले राष्ट्र बैङ्कले समय समयमा दिएको निर्देशनको पूर्ण रूपमा पालना गर्नु पर्नेछ ।

Share this Law

दफा २३ः सञ्चालकको जबाफदेही र उत्तरदायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.