दफा १११ः निक्षेप उपरको हक दाबी

Estimated reading: 0 minutes 318 views

१) बैङ्क वा वित्तीय संस्थामा रहेको निक्षेप उपर सो निक्षेप राख्ने व्यक्ति बाहेक अरू कसैको हक दाबी लाग्ने छैन ।

२) निक्षेप राख्ने व्यक्तिको मृत्यु भएमा निजले कसैलाई इच्छाएको भए त्यस्तो इच्छाइएको व्यक्तिको र त्यस्तो इच्छाइएको व्यक्तिको पनि मृत्यु भएको रहेछ वा कसैलाई इच्छाइएको रहेनछ भने देहायको व्यक्तिमध्ये प्राथमिकता क्रमानुसार जुन व्यक्ति जीवित छ सोही व्यक्तिको त्यस्तो निक्षेप उपर पहिलो हक दाबी लाग्नेछ ;

(क) सगोलको पति वा पत्नी,

(ख) सगोलको छोरा वा छोरी, धर्मपुत्र वा धर्मपुत्री वा विधवा बुहारी,

(ग) सगोलको बाबु, आमा, नाति वा नातिनी,

(घ) भिन्न बसेको पति वा पत्नी, छोरा, छोरी, बाबु वा आमा, छोरा, बुहारी वा विवाहित छोरी,

(ङ) सगोलको बाजे, बज्यै, दाजु, भाइ, भदा, भदै, दिदी वा बहिनी, भिन्न बसेका बाजे, बज्यै,

(च) सगोलको सौतेनी आमा, भिन्न बसेको छोरा पट्टिको नाति वा अविवाहित नातिनी,

(छ) भिन्न बसेको दाजु वा भाइ, भदा, भदै, दिदी, बहिनी, भतिजा, भतिजी

(ज) सगोलको काका, विधवा काकी, भाउजू, भाइ बुहारी वा नातिनी बुहारी,

(झ) विवाहित दिदी, बहिनी, भिन्न बसेको नातिनी बुहारी ।

३) उपदफा (२) बमोजिमको प्राथमिकता क्रममा कोही व्यक्ति नभई प्रचलित कानुन बमोजिमको हकवालाको त्यस्तो निक्षेप उपर दाबी नरहेको अवस्थामा सो निक्षेप राष्ट्र बैङ्कको बैङ्किङ्ग विकास कोषमा जम्मा गरी बैङ्किङ्ग विकासमा प्रयोग गरिनेछ ।

४) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्क वा वित्तीय संस्थामा रहेको निक्षेप उपदफा (१) बमोजिम हक पुग्ने व्यक्तिको मञ्जुरीले बाहेक अन्य कुनै व्यक्तिलाई दिइने छैन ।

Share this Law

दफा १११ः निक्षेप उपरको हक दाबी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.