दफा ९६ः खारेजीको निर्णय

Estimated reading: 0 minutes 356 views

१) यस परिच्छेद बमोजिम बाध्यात्मक खारेजीमा रहेको र राष्ट्र बैङ्कबाट इजाजतपत्र रद्द भएको बैङ्क वा वित्तीय संस्थाको खारेजीको लागि लक्विडेटरले खारेजीको काम सम्पन्न भए पछि सो काम कारबाहीको विवरण सहित अदालत समक्ष निवेदन दिनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम लिक्विडेटरले अदालत समक्ष निवेदन गरेमा सो उपर अदालतले आवश्यक जाँचबुझ गरी त्यस्तो बैङ्क वा वित्तीय संस्था बाध्यात्मक खारेजीमा गएको निर्णय दिन सक्नेछ ।

३) उपदफा (२) बमोजिम अदालतले दिएको निर्णय लिक्विडेटरले नेपाली वा अंग्रेजी भाषाका एक एक वटा राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा एक एक पटक प्रकाशन गर्नु पर्नेछ र त्यसरी प्रकाशन गर्दा अदालतबाट भएको आदेश तथा खारेजी प्रतिवेदनको मुख्य विषय समेत उल्लेख गर्नु पर्नेछ ।

४) उपदफा (३) बमोजिम सूचना प्रकाशित भएपछि लिक्विडेटरले सो बैङ्क वा वित्तीय संस्थाको नाम कम्पनी दर्ताको सूचीबाट हटाउन कम्पनी रजिष्ट्रारलाई अनुरोध गर्नेछ र सोही बमोजिम कम्पनी रजिष्ट्रारले उक्त बैङ्क वा वित्तीय संस्थाको नाम कम्पनी दर्ता किताबबाट हटाइएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।

५) उपदफा (४) बमोजिम खारेजीमा गएको बैङ्क वा वित्तीय संस्थाको नाम हटाइएको सूचना नेपाल राजपत्रमा प्रकाशन भएपछि उक्त बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजीको काम कारबाही अन्त्य हुनेछ र त्यस्तो बैङ्क, वित्तीय संस्था विधिवत विघटन भएको मानिनेछ ।

६) बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजीले सो बैङ्क वा वित्तीय संस्थाको कुनै सञ्चालक, कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी, सोको शेयरधनी वा अन्य व्यक्तिको यस ऐन वा प्रचलित कानुन बमोजिमको कुनै दायित्व भए त्यस्तो दायित्व कायम नै रहनेछ ।

Share this Law

दफा ९६ः खारेजीको निर्णय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.