दफा ७९ः बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी हुन सक्ने अवस्था

Estimated reading: 0 minutes 329 views

देहायको अवस्थामा बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी हुन सक्नेछ ;

(क) भुक्तानी अवधि पूरा भएको वा तत्काल भुक्तानी दिनु पर्ने निक्षेप वा अन्य आर्थिक दायित्व निर्धारित समयमा भुक्तानी गर्न नसकी बाँकी रहेमा,

(ख) बैङ्क वा वित्तीय संस्थाको पूँजीकोष ऋणात्मक भएमा,

(ग) बैङ्क वा वित्तीय संस्थाको निरीक्षण प्रतिवेदनको आधारमा राष्ट्र बैङ्कले त्यस्तो बैङ्क वा वित्तीय संस्था खारेजीको लागि सिफारिस गरेमा,

(घ) बैङ्क वा वित्तीय संस्थाको उल्लेख्य स्वामित्व भएका शेयरधनी वा पदाधिकारीबाट निक्षेपकर्ताको हकहित तथा वित्तीय प्रणालीको विकासमा बारम्बार अवरोध पुग्ने काम कारबाही गरेको पाइएमा,

(ङ) यस ऐन तथा राष्ट्र बैङ्कले दिएको निर्देशनको बारम्बार उल्लंघन गरेको पाइएमा,

(च) बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी हुने भनी राष्ट्र बैङ्कले निर्धारण गरेका अन्य अवस्था पाइएमा ।

Share this Law

दफा ७९ः बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी हुन सक्ने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.