दफा ५९ः वासलात, नाफा-नोक्सान हिसाब तयार गरी राख्ने

Estimated reading: 1 minute 512 views

१) बैङ्क वा वित्तीय संस्थाले आफ्नो वासलात र नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका अन्य वित्तीय विवरण राष्ट्र बैङ्कले तोकिदिएको ढाँचा र तरिका अनुसार राख्नु पर्नेछ ।

२) बैङ्क वा वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आफ्नो वासलात तथा नाफा-नोक्सान हिसाबको विवरण राष्ट्र बैङ्क समक्ष पेश गर्नु पर्नेछ र त्यस्तो वासलात र नाफा-नोक्सान हिसाबको विवरण सर्वसाधारणको जानकारीको लागि सोही अवधिभित्र राष्ट्र बैङ्कले तोके अनुसार सार्वजनिक गर्नु पर्नेछ । बैङ्क वा वित्तीय संस्थाले लेखापरीक्षण भएको प्रत्येक आर्थिक वर्षको वासलात र नेपालभित्र तथा बाहिर भएको कारोबारको नाफा-नोक्सान हिसाबको विवरण तयार गरी अर्को आर्थिक वर्षको नौ महिनाभित्र तोकिएको ढाँचामा सार्वजनिक गर्नु पर्नेछ।

३) बैङ्क वा वित्तीय संस्थाको वासलात र नाफा-नोक्सान हिसाबमा सो बैङ्क वा वित्तीय संस्थाको सहायक कम्पनी भए त्यस्तो सहायक कम्पनीको कारोबार तथा वित्तीय अवस्थालाई छुट्टाछुट्टै र एकीकृत रूपमा समेत उल्लेख गरेको हुनु पर्नेछ ।

४) यस परिच्छेद बमोजिम कुनै बैङ्क वा वित्तीय संस्थाले तयार पार्नु पर्ने वासलात र नाफा–नोक्सान हिसाबको ढाँचा, विषयवस्तु, प्रमाणित गर्नु पर्ने तरिका र सार्वजनिक गराउनु पर्ने विवरण समेत राष्ट्र बैङ्कले तोके वा निर्देशन दिए बमोजिम हुनेछ ।

५) उपदफा (२) बमोजिम बैङ्क वा वित्तीय संस्थाले सार्वजनिक गरेको कुनै विवरणमा उल्लेख गरेका कुराहरू गलत, अपूर्ण, भ्रमपूर्ण वा झुट्टा भएको शंका लागेमा राष्ट्र बैङ्कले लिखित सूचना दिई त्यस्तो बैङ्क वा वित्तीय संस्थालाई देहाय बमोजिम गर्न लगाउन सक्नेछ ;

(क) छुटे छुटाइएको वा उल्लेख नगरिएको विषय प्रकाशन गर्न, वा

(ख) गलत, अपूर्ण, भ्रमपूर्ण वा झुट्टा जानकारी सच्याई विवरण पुनः प्रकाशन गर्न, वा

(ग) राष्ट्र बैङ्कले निर्देशन मार्फत तोके बमोजिमका अन्य कुराहरू सच्याई प्रकाशन गर्न ।

Share this Law

दफा ५९ः वासलात, नाफा-नोक्सान हिसाब तयार गरी राख्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.