दफा ५०ः बैङ्क वा वित्तीय संस्थाले गर्न नहुने काम

Estimated reading: 0 minutes 324 views

१) बैङ्क वा वित्तीय संस्थाले देहायका काम गर्नु वा गराउनु हुँदैन ;

(क) व्यापार गर्ने उद्देश्यले मालसामान खरिद बिक्री गर्न वा आफ्नो प्रयोजनको निमित्त आवश्यक पर्ने बाहेक भवन निर्माण गर्न वा अचल सम्पत्ति खरिद गर्न,

(ख) आफ्नो शेयरको सुरक्षणमा कर्जा दिन,

(ग) सञ्चालक, चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ्ग एजेण्ट वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न,

(घ) एउटै ग्राहक, कम्पनी, एकै समूहको कम्पनी वा साझेदारी फर्म, सम्बद्ध व्यक्तिलाई आफ्नो पूँजीकोषको राष्ट्र बैङ्कले तोकेको प्रतिग्राहक सीमा नाघ्ने गरी कर्जा वा सुविधा प्रदान गर्न,

(ङ) संस्थापक, सञ्चालक वा कार्यकारी प्रमुख जमानत बसी कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा दिन,

(च) राष्ट्र बैङ्कबाट “क”, “ख” र “ग” वर्गमा वर्गीकृत बैङ्क वा वित्तीय संस्थाको धितोपत्रमा लगानी गर्न,

(छ) राष्ट्र बैङ्कले तोकिदिएको सीमाभन्दा बढी रकम अन्य संस्थाको शेयर पूँजीमा लगानी गर्न,

(ज) बैङ्क वा वित्तीय संस्थाहरू एक आपसमा मिली वित्तीय कारोबारमा कुनै किसिमको एकाधिकार वा अन्य कुनै किसिमको नियन्त्रित अभ्यास कायम गर्न,

(झ) आफूले नाजायज लाभ लिने नियतले वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक वातावरणमा कृत्रिम अवरोध खडा हुने कुनै पनि किसिमको कार्य गर्न,

(ञ) बैङ्क वा वित्तीय संस्थाले गर्न नहुने भनी राष्ट्र बैङ्कले समय समयमा तोकेका अन्य कार्य गर्न ।

२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो बैङ्किङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न वा आफ्ना कर्मचारीलाई बैङ्क वा वित्तीय संस्थाको प्रचलित कर्मचारी विनियमावली बमोजिम आवास वा अन्य सुविधा उपलब्ध गराउन, नेपाल सरकार वा राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र, कुनै पनि निक्षेप खातामा रहेको रकम वा मुद्दती रसिदको धितोमा कर्जा दिन र संस्थापक, सञ्चालक, कार्यकारी प्रमुख वा एक प्रतिशतभन्दा बढी शेयर लिएको सेयरधनीहरूलाई आफ्नै मुद्दती निक्षेप, नेपाल सरकार वा राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्रको धितोमा कर्जा, तथा तोकिएको सीमासम्मको क्रेडिट कार्ड सुविधा प्रदान गर्न बाधा पुर्‍याएको मानिने छैन ।

Share this Law

दफा ५०ः बैङ्क वा वित्तीय संस्थाले गर्न नहुने काम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.