दफा २६ः उपसमिति गठन गर्न सक्ने

Estimated reading: 0 minutes 324 views

१) यस ऐनमा कुनै निकाय वा पदाधिकारीले गर्ने भनी स्पष्ट उल्लेख गरिएकोमा बाहेक सञ्चालक समितिले कुनै खास प्रयोजनको लागि राष्ट्र बैङ्कको निर्देशनको अधीनमा रही एक वा एकभन्दा बढी उपसमिति गठन गर्न सक्नेछ ।

तर सञ्चालक समितिको अध्यक्ष उपसमितिमा रहन पाउने छैन ।

२) उपदफा (१) बमोजिम गठन भएको उपसमितिको काम, कर्तव्य, अधिकार, कार्यविधि र बैठकमा भाग लिए बापत सदस्यले पाउने पारिश्रमिक वा भत्ता सञ्चालक समितिले तोके बमोजिम हुनेछ र त्यस्तो उपसमितिबाट भएको कार्य र खर्च वार्षिक प्रतिवेदनमा स्पष्ट रूपमा खुलाउनु पर्नेछ ।

Share this Law

दफा २६ः उपसमिति गठन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.