दफा १९ः सञ्चालकको पदमा बहाल रहन नसक्ने अवस्था

Estimated reading: 0 minutes 335 views

१) देहायका अवस्थामा कुनै पनि व्यक्ति बैङ्क वा वित्तीय संस्थाको सञ्चालकको पदमा बहाल रहने छैन ;

(क) दफा १६ वा १७ बमोजिमको योग्यता नभएमा वा दफा १८ बमोजिम अयोग्य भएमा,

(ख) जुन समूहबाट सञ्चालक नियुक्ति भएको हो सोही समूहको कम्तीमा एकाउन्न प्रतिशत शेयरको प्रतिनिधित्व हुने शेयरधनीले सञ्चालकको पदबाट हटाउन साधारण सभामा पेश गरेको प्रस्ताव बहुमतले पारित गरेमा,

स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “समूह” भन्नाले संस्थापक र सर्वसाधारण शेयरधनीको समूह सम्झनु पर्छ ।

(ग) सञ्चालकले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा,

(घ) यस ऐन वा राष्ट्र बैङ्कको निर्देशन बमोजिम सञ्चालकले गर्न नहुने कुनै कार्य गरेमा,

(ङ) बैङ्क वा वित्तीय संस्था वा निक्षेपकर्ताको हकहित विपरीत कार्य गरेको कारण निज बैङ्क वा वित्तीय संस्थाको सञ्चालक पदमा रही कार्य सम्पादन गर्न अयोग्य रहेको भनी राष्ट्र बैङ्कले निजलाई हटाउन निर्देशन दिएमा ।

२) बैङ्क वा वित्तीय संस्थालाई आफ्नो कुनै सञ्चालक यस ऐन वा राष्ट्र बैङ्क ऐन बमोजिम सो पदमा बहाल रहन अयोग्य छ भन्ने लागेमा वा सञ्चालक पदमा बहाल नरहेमा त्यसको पन्ध्र दिनभित्र राष्ट्र बैङ्कलाई लिखित रूपमा जानकारी दिनु पर्नेछ ।

३) उपदफा (२) बमोजिम पदमा बहाल रहन अयोग्य छ भनी लेखी आएको सञ्चालकको सम्बन्धमा राष्ट्र बैङ्कले आवश्यक जाँचबुझ गरी उपयुक्त निर्देशन दिन सक्नेछ ।

Share this Law

दफा १९ः सञ्चालकको पदमा बहाल रहन नसक्ने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.