दफा १४ः सञ्चालक समितिको गठन

Estimated reading: 0 minutes 358 views

१) बैङ्क वा वित्तीय संस्थामा कम्तीमा पाँच र बढीमा सात जना सञ्चालकहरू रहेको एक सञ्चालक समिति रहनेछ ।

२) सञ्चालकको नियुक्ति यस ऐन तथा नियमावलीको अधीनमा रही बैङ्क वा वित्तीय संस्थाको साधारण सभाले गर्नेछ ।

तर,

(क) बैङ्क वा वित्तीय संस्थाको प्रथम वार्षिक साधारण सभा नभएसम्मको अवधिको लागि सञ्चालकको नियुक्ति संस्थापकद्वारा गरिनेछ ।

(ख) वार्षिक साधारण सभा हुनुभन्दा अगावै कुनै सञ्चालकको पद रिक्त हुन आएमा अर्को वार्षिक साधारण सभा नभएसम्मको लागि सञ्चालकको नियुक्ति सञ्चालक समितिद्वारा गर्न सकिनेछ ।

(ग) कुनै संगठित संस्थाले शेयर लिएको भएमा सो संस्थाले शेयरको अनुपातमा हुन आउने सञ्चालक मनोनयन गर्न सक्नेछ र त्यसरी मनोनयन गर्दा एउटै व्यक्तिलाई एकभन्दा बढी बैङ्क वा वित्तीय संस्थामा मनोनयन गर्न पाइने छैन ।

(घ) खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बैङ्क वा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैङ्कमा सञ्चालक हुन भने यस व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन ।

३) सञ्चालक समितिले दफा १७ बमोजिमको योग्यता तथा अनुभव भएका व्यक्तिमध्येबाट कम्तीमा एकजना स्वतन्त्र सञ्चालक नियुक्ति गरी सोको जानकारी त्यस्तो नियुक्ति पछि बस्ने पहिलो साधारण सभामा दिनु पर्नेछ ।

तर बैङ्क वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा शून्य दशमलव एक प्रतिशतभन्दा बढी शेयर लिएको शेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन पाउने छैन ।

४) उपदफा (१) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक परिवारबाट एक बैङ्क वा वित्तीय संस्थामा एकैपटक एकभन्दा बढी व्यक्ति सञ्चालक हुन पाउने छैन ।

५) सञ्चालकले आफू मध्ये बहुमतबाट छानेको व्यक्ति सञ्चालक समितिको अध्यक्ष हुनेछ ।

६) बैङ्क वा वित्तीय संस्थाको शेयर लिएको कम्पनी, संगठित संस्था, विदेशी बैङ्क वा वित्तीय संस्थाले आफूले लिएको शेयरको अनुपातमा सञ्चालक नियुक्ति गर्दा सञ्चालकको अतिरिक्त निजको अनुपस्थितिमा काम गर्न सक्ने गरी वैकल्पिक सञ्चालक समेत नियुक्ति गर्न सक्नेछ ।

Share this Law

दफा १४ः सञ्चालक समितिको गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.